Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक लाख २९ हजार छ सय जनाले लिए एक खर्ब ९८ अर्ब रुपैयाँ सहुलियत ऋण

एक लाख २९ हजार छ सय जनाले लिए एक खर्ब ९८ अर्ब रुपैयाँ सहुलियत ऋण


काठमाडौं । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा एक लाख २९ हजार छ सय ८० ऋणीहरुले सहुुलियतपूर्ण कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा ऋणीहरुले कुल एक खर्ब ९८ अर्ब ९२ करोड रुपैयाँ कर्जा लिएका छन् । उक्त कर्जामध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ५३ हजार सात सय ८५ ऋणीलाई एक खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । महिला उद्यमशील कर्जाअन्तर्गत भने यस अवधिसम्ममा ७३ हजार ७८ महिला उद्यमीलाई ६८ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत भने दुई हजार आठ सय १७ ऋणीको तीन अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ असोज मसान्तसम्ममा एक अर्ब पाँच करोड स्वीकृत भएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा साधारण पुनर्कर्जाअन्तर्गत ११ हजार दुई सय ९६ ऋणीलाई ९८ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा भने साधारण पुनर्कर्जाअन्तर्गत ४४ ऋणीले चार अर्ब ९३ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । विशेष पुनर्कर्जातर्फ आर्थिक वर्ष २०७७/०७८ मा दुई हजार ४० ऋणीलाई १४ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ । चालू असोज मसान्तसम्ममा भने विशेष पुनर्कर्जातर्फ ११ जना ऋणीले एक अर्ब ८६ करोड २३ लाख रुपैयाँ कर्जा लिएकाछन् ।

Open photo

राष्ट्र बैंकका अनुसार २०७७/०७८ मा लघुु घरेलु तथा साना उद्यम पुनर्कर्जातर्फ भने ३५ हजार पाँच सय ५४ ऋणीले ३५ अर्ब ८० करोड रुपैयाँ कर्जा लिएकाछन् । सोहीअनुसार आर्थिक वर्ष २०७७/०७८ मा साधारण, विशेष र लघु घरेलु तथा साना उद्यम समेत गरी ४८ हजार आठ सय ९० ऋणीले एक खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँ सहुुलियतपुर्ण पुनर्कर्जा प्रयोग गरेको राष्ट्र बैंकको भनाइ छ । चालू आवको असोज मसान्तसम्ममा भने साधारण, विशेष र लघुु घरेलुु तथा साना उद्यम समेत गरी ५५ ऋणीले छ अर्ब १३ करोड ८० लाख रुपैयाँ सहुुलियतपूर्ण पुनर्कर्जा उपयोग गरेको जानकारी राष्ट्र बैंकले दिएको छ ।

लघुवित्त संस्थाहरूको सम्पत्ति दायित्व चार खर्ब ४५ अर्ब
लघुवित्त वित्तीय संस्थाहरुको सम्पत्ति दायित्व बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन अनुसार लघुुवित्त वित्तीय संस्थाहरुको सम्पत्ति दायित्व ३७ प्रतिशतले बढेर २०७८ असार मसान्तमा चार खर्ब ४५ अर्ब ५० करोड रुपैयाँ पुगेको हो । त्यसैगरी, यी संस्थाहरूको कुल निक्षेप र सापटी क्रमशः एक खर्ब ३० अर्ब ४३ करोड र दुई खर्ब अर्ब ३५ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा लघुुवित्त संस्थाहरुको कुल कर्जा तथा लगानी क्रमशः तीन खर्ब ६५ अर्ब ५५ करोड तथा१४ अर्ब ७१ करोड पुगेको छ ।

लघुवित्त वित्तीय संस्था २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको संख्या ७० रहेको छ । यीमध्ये ग्रामीण बैंकिङ्ग पद्धति अनुसरणकर्ता ६६ र चारवटा संस्थाले लघुवित्तसम्बन्धी थोक कर्जा कारोबार गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यसैगरी बीमा कम्पनी २०७८ असार मसान्तमा १९ जीवन, २० निर्जीवन र दुईवटा पुनर्बीमा कम्पनी गरी कुल ४१ बीमा कम्पनी सञ्चालनमा रहेकाछन् । बीमा समितिबाट प्राप्त तथ्यांक अनुसार बीमा कम्पनीहरूको कुल सम्पत्ति, दायित्व २०७७ असार मसान्तमा चार खर्ब ३७ अर्ब ३२ रहेकोमा २४ दशमलव एक प्रतिशतले वृद्धि भई २०७८ असार मसान्तमा पाँच खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । (आर्थिक देनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया