Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन बढ्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन बढ्यो

बैंकिङ प्रणालीमा प्रतिशाखा सेवाग्राहीको संख्या दुई हजार सात सय ५२ कायम


काठमाडौँ । बैंकिङ क्षेत्रको निक्षेप परिचाललन बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप परिचालन एक दशमलव दुई प्रतिशतले वृद्धि भई ४७ खर्ब १८ अर्ब ८३ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्षकोे सोही अवधिमा भने यस्तो निक्षेप परिचालन चार दशमलव नौ प्र्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा २०७८ असोजमा निक्षेप परिचालन १७ दशमलव दुई प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा भने सात दशमलव सात प्रतिशतले बढेर ४३ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षकोे सोही अवधिमा यस्तो कर्जा चार प्रतिशतले वृद्धि भएको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ असोजमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३१ दशमलव सात प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा समग्रतामा कर्जाको वृद्धिदर निक्षेप वृद्धिको तुलनामा उच्च रहेको राष्ट्र बैंकको भनाइ छ ।

बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुँजी भने २०७८ असार मसान्तसम्ममा तीन खर्ब ९० अर्ब ४३ करोेड रहेकोमा २०७८ असोज मसान्तसम्ममा तीन ९१ अर्ब १४ करोेड पुगेको रुपैयाँ पुुगेको छ । राष्ट बैंकका अनुसार यो चुक्ता पुँजी भने लघुुवित्त वित्तीय संस्थाहरुको समेत हो । यसैगरी चालू आवको असोज मसान्तमा वाणिज्य बैंकहरुको पुँजी कोष पर्याप्तता अनुपात १३ दशमलव चार प्रतिशत रहेको छ ।

यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुको पुँजी पर्याप्ततता अनुपात भने क्रमशः १३ दशमलव छ प्रतिशत र १८ दशमलव आठ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरुको पुँजी पर्याप्तता अनुपात क्रमशः १४ दशमलव एक, १३ दशमलव दुई र २२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार छ सय ८३ रहेकोमा २०७८ असोज मसान्तमा ११ हजार ३९ पुगेको छ । उक्त अवधिमा प्रतिबैंक शाखा जनसंख्या दुई हजार आठ सय ४४ बाट घटेर दुई हजार सात सय ५२ कायम भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया