Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगरमा निर्माण सामग्री बिक्री गर्दै आएको अमन हार्डवेयर र आलोक इन्टरप्राइजेज दुवै फर्म विवादमा

विराटनगरमा निर्माण सामग्री बिक्री गर्दै आएको अमन हार्डवेयर र आलोक इन्टरप्राइजेज दुवै फर्म विवादमा


विराटनगर । विराटनगरको भृकुटीचोकमा सञ्चालन हुँदै आएको अमन हार्डवेयरले डण्डी उद्योग र सिमेन्ट उद्योगको सेटिङमा व्यापक मूल्यवृद्धि गरी निर्माण सामग्रीको कार्टेलिङ गर्दै आएका छन् । यस्तै सो हार्डवेयर र सञ्चालक पछिल्लो समय करछलीको विवादमा पनि मुछिन पुगेको विषय समेत सार्वजनिक भएको छ ।

अमन हार्डवेयरका सञ्चालक राजेन्द्र कुमार अग्रवालले कर छलीसँगै विभिन्न निर्माणका समानहरु अवैध रुपमा भण्डारण गरेर समयानुकूल कालोबजारी समेत गर्ने गरेको पाइएको छ । सञ्चालक अग्रवालले आफूसँगै छोरो कपिल अग्रवालको नामबाट विराटनगर ४ मा आलोक इन्टरप्राइजेज फर्म दर्ता गरी व्यापक रुपमा करछली गरिरहेको घट्ना बाहिरिएसँगै उनले निर्माण सामग्रीमा उद्योगीसँग मिली कार्टेलिङ गरेको नयाँ तथ्य सार्वजनिक भएको हो ।

फर्ममार्फत न्यून बिल बिजक जारी गरी आयकरसहित मूल्य अभिवृद्धि कर समेतमा व्यापक ठगी गर्नेगरेको दाबी गरिरहँदा गत आर्थिक वर्ष ०७७/०७८ मा अमन हार्डवेयरबाट वार्षिक १५ करोडको मात्र व्यावसायिक कारोबार गरेको घोषणा सञ्चालक अग्रवालले गरेको दाबी राजस्व स्रोतले गरेको छ ।

उता गत आर्थिक वर्षमै ०७७/०७८ मा छोरो कपिल अग्रवालको नाममा समेत दर्ता कायम रहेको आलोक इन्टरप्राइजेजबाट वार्षिक आठ करोडको मात्र व्यवसायिक कारोबार गरेको विवरण सञ्चालक अग्रवालले आन्तरिक राजस्व कार्यालयमा बुझाएको घटना बाहिरिएसँगै उनको कारोबारको विवरण नै शंकाको घेरामा पर्न पुगेको कुरा राजस्व स्रोतले बताएको छ ।

स्रोतका अनुसार दुई महिनाअघि ७८ रुपैयाँप्रति केजीमा खरिद गरेको छड हाल एक सय सात रुपैयाँदेखि एक सय आठ रुपैयाँमा बिक्री गरेको घटना खुलेसँगै अग्रवालले डण्डी कार्टेलिङको विवादमा तानिएका हुन् । उक्त छडहरु अग्रवालले निर्माण–सिजन सुरु हुनुअघि नै अर्थात् (२ महिनाअघि) खरिद गरी गोप्यरुपमा राखेको समेत बताइएको छ । सोही छडहरु अहिले निर्माणको काम सुरु हुन थालेपछि अग्रवालले महँगोमा बेच्दै आएको कुरा व्यवसायीले नै बताउन थालेका छन् ।

अग्रवालले छड तथा अन्य निर्माणका समग्रीहरु अग्रीम भुक्तानी गरी उद्योगमै छोडिदिने हुनाले समेत उनको अवैध स्टकबारे कसैले पत्ता लगाउन नसकेको कुरा बताइएको छ । उनले छडमा मात्र नभएर निर्माणमा प्रयोग हुने सिमेन्ट, वायर, सेतो सिमेन्टहरु पनि यसैगरी अवैध भण्डारी गरी कलोबजारी गर्दै आएको समेत बताइन्छ ।

विवादमा तानिएको अमन हार्डवेयर र आलोक इन्टरप्राइजेजका सञ्चालक बाबुछोरा नै निर्माण समग्रीहरुमा अचाक्ली मूल्यवृद्धि गर्ने काममा अग्रपंक्तिमा रहेको कुरा अन्य व्यवसायीहरुले जानकारी गराएका छन् । व्यापारी र उद्योगीबीचको मिलेमतोमा उद्योग तथा बजारमा उपलब्ध सबै सामान उठाएर बजारमा कृत्रिम आभावको सिर्जना गर्ने काममा पछिल्लो समय अग्रवाल नै अगाडि हुनेगरेको कुरा व्यवसायीहरुले बताए ।

व्यवसायीहरुले सस्तिएको मूल्यमा सामान उठाएर राखेको समानलाई नै उच्च मूल्यवृद्धि गरी महँगो मूल्यमा बिक्रीवितरणमा ल्याउने गरेको जानकाहरुले बताएका छन् । प्राय नेपालको पूर्वी बजारमा हुने निर्माण सामग्रीको मूल्य कार्टेलिङको मुख्य योजनाकारका रुपमा राजेन्द्र अग्रवाल र कपिल अग्रवाल रहेको आरोप खेप्दै आएको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया