Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार११ जिल्लासँग मन्त्रालयले माग्यो १० वर्षको ढुंगा-बालुवाको विवरण

११ जिल्लासँग मन्त्रालयले माग्यो १० वर्षको ढुंगा-बालुवाको विवरण


काठमाडौं, माघ २०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नदीजन्य पदार्थहरु ढुंगा, बालुवा, गिट्टीको टेण्डर प्रक्रिया र दररेटको दश वर्षको विवरण तीन दिनभित्रमा उपलब्ध गराउन काठमाडौंसहित ११ वटा जिल्लालाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार काठमाडौं, कास्की, काभ्रेपलाञ्चोक, नवलपरासी, चितवन, उदयपुर, बाँके (नेपालगञ्ज), सुनसरी, मोरङ्ग, कैलाली (धनगढी) र धादिंगसँग त्यस्तो विवरण मागेको हो । मन्त्रालयले ती ११ वटा जिल्ला समन्वय समितिसँग नदीजन्य पदार्थहरु ढुंगा, बालुवा, गिट्टीको उत्खनन परिणाम, लागत र सोको टेण्डर प्रक्रिया दररेटसमेत खुलाई विगत दश वर्षकै विवरण पेश गर्नुपर्ने छ ।

मन्त्रालयका अनुसार त्यसरी १० वर्षको विवरण पेश गर्दा प्रत्येक वर्षको अलग–अलग विश्लेषणात्मक प्रतिवेदन तयार गर्नुपर्नेछ । त्यस्तो विवरण भोलि मंगलबार साँझसम्म ११ वटै जिल्ला समन्वय समितिले बुझाउनुपर्नेछ । कतिपय जिल्लामा त्यस्ता नदीजन्य पदार्थको कर मनोमानी ढंगले लगाएको गुनासोहरु आएपछि मन्त्रालयले दश वर्षको अध्ययन गर्नलागेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया