Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्रिकेटको विश्व वरीयतामा नेपाल १२औं स्थानमा

क्रिकेटको विश्व वरीयतामा नेपाल १२औं स्थानमा


काठमाडौं, माघ २१
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी–ट्वान्टी विश्व वरीयतामा नेपालको स्थान यथावत् रहेको छ । सोमबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औँ स्थानमा रहेको छ । यसअघि पनि नेपाल १२औँ स्थानमा थियो । टी–ट्वान्टीको विश्व वरीयतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । टी–ट्वान्टीको खेलाडी वरीयताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन् । उनी यसअघि ६०औं स्थानमा थिए । टी–ट्वान्टीमा नेपाल ११औँ स्थानसम्म पुगेको छ । आईसीसीका अनुसार बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा रहेका छन् । यसअघि उनी ८३औँ स्थानमा थिए । अलराउण्डरतर्फ पारस २७औँ स्थानमा तथा सोमपाल कामी ६५औँ स्थान तथा करण केसी ७५औँ स्थानमा रहेको आईसीसीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया