Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी

सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी


धादिङ । धादिङको थाक्रे गाउँपालिकामा रहेको एक विद्यालयको भौतिक पूर्वाधार निर्माण सामग्री प्रधानाध्यापकले नै मध्यरातमा चोरी गरेको आरोप लागेको छ ।

गाउँपालिकाको वडा नं. ३ ठूलोपोखरीमा रहेको श्री घैरउदेवी आधारभूत विद्यालय ठूलोपोखरीमा रहेको विद्यालय भवन निर्माणको क्रममा बाँकी रहेको इँट्टा, गिट्टी र रडलगायतका सामग्री सोही विद्यालयका प्राधानाध्यापक वासुदेव पराजुलीले चोरी गरेको विद्यालय भवन निर्माण अनुगमन समितिले जनाएको छ ।

No description available.

यसविरुद्ध समितिका सदस्य कुमार तामाङले जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय खानीखोलामा जाहेरी दिँदा पनि प्रहरीले भने लिन नमानेको समितिको भनाइ छ । आरोपी पराजुलीले विद्यालयको बाँँकी रहेको झण्डै एक लाख रुपैयाँ मूल्य बढीको सामान आफ्ना भाइ मेघनाथ पराजुलीलाई रातारात उनको निर्माणाधीन घर बनाउन दिएको समितिले आर्थिक दैनिकलाई बतायो ।

प्रहरीले लिन नमानेको तामाङको उजुरीमा उल्लेख भएअनुसार विद्यालयबाट गत मंसिर १९ गते राति साढे ९ बजे ती सामान चोरी भएको हो । सो क्रममा राति सुटुक्क गाडी बोलाई ३० हजारको इँट्टा, दुई ट्रिप गिट्टी करिब २० हजारको र ५० हजार रुपैयाँ बराबरको रड चोरी गरी खरिदबिक्री गरेको उजुरीपत्रमा उल्लेख छ ।

No description available.

प्रधानाध्यापक पराजुलीलाई तत्काल पक्राउ गर्न माग गर्दै अनुगमन समितिले चोरी भएको सामानको मूल्यबराबरको बिगो विद्यालयलाई भराउन पनि माग गरेको छ । आरोपी पराजुलीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४३ बमोजिम कारबाही गर्न समितिले माग गरेको छ ।

उक्त विद्यालयलाई धादिङकै डीएलपी नामक संस्थाले ९२ लाख रुपैयाँको भवन निर्माणका लागि सहयोग गरेको थियो । विद्यालय भवन निर्माण समितिका अध्यक्ष अमृत महराले भने विद्यालय र आफूबीचको सहमतिअनुसार बाँकी सामान बिक्री गरेको बताउने गरेको समितिका एक सदस्यले बताए ।

इलाका प्रहरी कार्यालय खानीखोलाले यसबारे दुवै पक्षलाई बोलाएर छलफल गर्ने भन्दै उजुरी दर्ता गर्न नमानेको समितिले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया