Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवालिङमा विद्युतीय हस्ताक्षर लागू हुने

वालिङमा विद्युतीय हस्ताक्षर लागू हुने


केपी खनाल
वालिङ, माघ २२
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकामा विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) लागू हुनेभएको छ । विद्युतीय हस्ताक्षरका लागि जनप्रतिनिधि तथा कर्मचारीहरूलाई विभिन्न चरणका तालिमहरू प्रदान गरी ‘क्रिप्टो टोकन’ उपलब्ध गराइसकिएकाले अब छिट्टै यो सेवा सुरु हुनेभएको हो ।

वालिङ नगरपालिकाले विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) लागू गर्नका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै अन्तिम चरणमा पुगेको र देशभरिमा काठमाडौँ महानगरपालिकापछि वालिङमा यो सेवा कार्यान्वयनको चरणमा रहेको सरकारबाट मान्यताप्राप्त रेडियन्ट इन्फोटेक नेपाल प्रालिका प्रबन्ध निर्देशक दीपक भण्डारीले बताए ।

वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाँणले विद्युतीय हस्ताक्षरसम्बन्धी प्रमाणीकरण नियन्त्रकको कार्यालय रेडियन्ट ईन्फोटेक नेपाल प्रालिले वालिङ नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आवश्यक तालिम दिइसकेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया