Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविपन्न वर्गका जनतामा पनि कर्जाको सहज पहुँच

विपन्न वर्गका जनतामा पनि कर्जाको सहज पहुँच

बैंक तथा फाइनान्स कम्पनीहरुको तीन खर्ब ३८ अर्ब बढी ऋण लगानी


काठमाडौं । विपन्न वर्गहरुमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरुले तीन खर्ब ३८ अर्ब ७७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा मात्र सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ६१ वटा संस्थाहरुले आफ्नो देशव्यापीरुपमा फैलिएका छ हजार एक सय ३६ वटा शाखामार्फत सहजरुपमा विपन्न वर्गमा उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल निक्षेप तथा कुल कर्जा रकम भने क्रमशः ४८ खर्ब ४२ अर्ब ७० लाख र ४५ खर्ब ५५ अर्ब २४ करोड ९० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्र भने चालू आवको पछिल्लो चार महिनामा सबै क्षेत्रमा फैलिएका आफ्ना चार हजार आठ सय ४३ वटा शाखामार्फत विपन्न वर्ग शीर्षकमा दुई खर्ब ७९ अर्ब ७३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप तथा कुल कर्जा रकम भने क्रमशः ४२ खर्ब ३५ अर्ब २२ करोड र ४० खर्ब ४० अर्ब २३ करोड ७० लाख रुपैयाँ रहेको देखिएको छ ।

चालू आवको पछिल्लो चार महिनामा विकास बैंकहरुले भने कुल चार खर्ब ७६ अर्ब १५ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब २८ अर्ब ३४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्ये विपन्न वर्गमा मात्र विकास बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम ५२ अर्ब ९४ करोड ३० लाख रुपैयाँ छ । विकास बैंकहरुको कुल शाखा संख्या भने देशभर एक हजार ४९ वटा रहेको छ ।

Open photo

यस अवधिमा फाइनान्स कम्पनीहरुले भने आफ्ना सबै क्षेत्रमा फैलिएका दुई सय ४४ वटा शाखामार्फत विपन्न वर्गमा छ अर्ब १० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार उक्त अवधिमा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ९२ अर्ब ८३ करोड १० लाख र ८१ अर्ब ८७ करोड ९० लाख रुपैयाँ रहेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया