Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार४० लाख रुपैयाँ बिगो ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

४० लाख रुपैयाँ बिगो ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं जोरपाटी बस्ने खोटाङ कपिलासगढी गाउँपालिका ९ स्थायी वतन भएका ३२ वर्षीय प्रकाश राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा ४० लाख रुपैयाँ बिगो ठहर भई उच्च अदालत पाटन ललितपुरबाट गत कात्तिक १० गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले जोरपाटीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया