Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदाबी नपरेको निक्षेप विकास कोषमा जम्मा गर्न निर्देशन

दाबी नपरेको निक्षेप विकास कोषमा जम्मा गर्न निर्देशन


काठमाडौं । नेपाल राष्ट्र बैंकले अन क्लेम्ड डिपोजिट अर्थात् दाबी नपरेको निक्षेप बैंकिङ विकास कोषमा जम्मा निर्देशन दिएको छ । नेपालमा अहिले २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी र ६७ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । यी सबै किसिमका बैंक तथा वित्तीय संंस्थाहरुको नाउँमा सूचना जारी गर्दै राष्ट्र बैंकले बिहीबार दाबी नपरेको निक्षेप बैैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको हो ।

निर्देशनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १११ को उपदफा (३) र दफा ११२ को उपदफा (३) बमोजिम २० वर्षसम्म लिन बुझ्न नआएका, दाबी नपरेका निक्षेप बैंक तथा वित्तीय संस्थाहरुबाट राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११२ को उपदफा (१) बमोजिमको रकम २० वर्षसम्म लिन बुझ्न नआएमा सो रकम नेपाल राष्ट्र बैंकको बैंकिङ विकास कोष (अन क्लेम्ड डिपोजिट) अन्तर्गत तोकिएको हिसाबमा जम्मा गर्नुपर्नेछ । यसरी बैैंकिङ विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाहरुको हुनेछ ।

निर्देशनमा उल्लेख भएअनुसार बैंक तथा वित्तीय संंस्थाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को प्रक्रिया पूरा गरी राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गरिसकेको निक्ष्ोप रकमउपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानुनी हकवालाबाट सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी दाबी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दाबी पेश गर्नुपर्नेछ । आवश्यक कागजातसहित दाबी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई विना ब्याज रकम फिर्ता गरिनेछ । राष्ट्र बैंकका अनुसार यसरी कोषमा राखिएको रकम बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को व्यवस्थाअनुसार बैंकिङ विकासमा प्रयोग गरिनेछ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया