काठमाडौं । नेपाल सरकारलाई क्यासिनो सञ्चालनबापत तिर्नुपर्ने रोयल्टी नतिरी अमेरिका भाग्न लागेका एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिका सञ्चालक अमेरिकी नागरिक माइक बोलसोवरलाई अमेरिका उड्नै लाग्दा एयरपोर्टबाटै पक्राउ गरिएको छ ।
अमेरिकी नागरिक बोलसोवरले सो कम्पनीमार्फत लाजिम्पाटमा रहेको होटल सांग्रिला र भैरहवामा रहेको होटल टाइगर परिसरभित्र क्यासिनो सञ्चालन गर्दै आएका थिए । रोयल्टी तिर्न सरकारले लगातार दबाब दिनथालेपछि अमेरिकी नागरिक बोलसोवर सरकारलाई तिर्नुपर्ने करिब १३ करोड रोयल्टी र क्यासिनो नवीकरण दस्तुर नतिरी भाग्न लागेका थिए ।
उनै अमेरिकी नागरिक बोलसोवरले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं. ६ मा २३ कठ्ठा सरकारी जग्गा लिजमा लिएर टाइगर प्यालेस होटल समेत सञ्चालन गरेका छन् । बोलसोव भाग्न लागेको जानकारी पाएलगत्तै संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सचिव महेश्वर न्यौपानेलाई उनलाई रोक्न निर्देशन दिएका थिए । लगत्तै सचिव न्यौपानेले अध्यागमन विभागलाई बोलसोवरलाई रोक्न अनुरोध गरेपछि उनी अमेरिका भाग्नबाट असफल भएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- म्याग्दीका ऐतिहासिक देवल र पुरातात्विक सम्पदा ओझेलमा
- कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहक बनाइने
- ७० करोड १९ लाख रुपैयाँ लगानी आह्वान
- समुन्नत नेपालको आकाङ्क्षाको आत्मसात्
- फाइनान्स कम्पनीहरुलाई विदेशी मुद्राको कारोबारको अनुमति दिन माग
- राष्ट्रभन्दा दलीय स्वार्थअनुसारको नीति तथा कार्यक्रम
- बूढीगण्डकी स्वदेशी लगानीमा बन्ने,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- उकालो लाग्यो सेयर बजार
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया