सुन तस्करीमा पर्यटन बोर्डको सीईओको संलग्नता
काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करीमा संलग्नता रहेको खुलेको छ । कतार एयरलाइन्सको विमानमार्फत नेपाल आउँदा २०७४ पुस ७ गते उनी सुनसहित पक्राउ परेको थाहा भएको छ । नेपाल पर्यटन बोर्डले गरेको छानबिनमा कतार एयरलाइन्सको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारको तीन थान सुन ल्याउँदा त्यसमा ३० ग्राम अवैध सुन फेला परेपछि त्यसबेला उनी पक्राउ परेको थाहा भएको हो ।
त्रिभुवन विमानस्थल कार्यालयले २०७४ पुस ७ गते मुद्दा दर्ता गरेकोमा अदालतले ०७७ भदौ २१ मा मुद्दा फैसला गरेको थियो । उनलाई सोही मुद्दामा कसुर ठहरिएपछि सुन जफतसहित एक लाख ४० हजार छ सय ८५ रुपैयाँ जरिवाना गरिएको भन्सार कार्यालयले जानकारी दिएको छ । विभिन्न विवादमा मुछिएका पर्यटन बोर्डका (सीईओ) रेग्मीलाई पर्यटनमन्त्री प्रेम आलेले (सीईओ)बाट हटाए पनि सर्वोच्च अदालतले उनलाई थमौती दिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया