सुपारी र पोस्तादाना आयात भएपछि हुण्डीको कारोबारमा वृद्धि
विराटनगर । सुपारी र पोस्तादाना आयात खुला भएपछि हुण्डीको कारोबारमा वृद्धि भएको पाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कोटामार्फत सुपारी र पोस्तादानाको आयात खुलाएका थिए ।
सस्तोमा तेस्रो मुलुकबाट सुपारी र पोस्तादाना नेपाल आयात गरी व्यापारीहरूले भारतमा तस्करी गर्नेगरेका छन् । अवैध बाटो हुँदै भारतमा बिक्री गरेको सुपारी र पोस्तादानाको रकम नेपाल भित्र्याउन व्यवसायीले हुण्डीको साहारा लिनेगरेका छन् । राजधानीमा केही समयअघि सुपारी कारोबारी दिपक पोखरेल समेत सञ्चालक रहेको सौर्य एयरलाइन्सका कर्मचारी ५० लाख रुपैयाँसहित पक्राउ परेका थिए ।
उक्त रकम हुण्डीको भएको आशंका गरिए पनि राजस्व अनुसन्धान विभागमा एयरलाइन्सका सञ्चालक पोखरेलले एयरलाइन्सको टिकट बिक्रीबाट जम्मा भएको रकम भनी दाबी गरेका छन् । उक्त ५० लाखलाई वैधानिकता दिलाउन पोखरेलले विराटनगरमा रहेका सौर्य एयरलाइन्सका ट्राभल एजेन्सीलाई टिकट बिक्रीबाट ५० लाख प्राप्त भएको भन्ने व्यहोराको सिफारिस गर्न दबाब समेत दिइरहेका छन् । तर ट्राभल सञ्चालकहरूले भने पोखरेलको आग्रहलाई अस्वीकार गर्दै आएका छन् ।
अवैध भनी प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट फेला पारेको उक्त रकम सुपारी र पोस्तादानाको अवैध बाटो हुँदै भारत निकासी गरेर बिक्री गरिएको हुण्डीबाट काठमाडौँ ल्याइएको स्रोतको दाबी छ । तेस्रो मुलुकबाट सुपारी आयात गरी नेपाली सुपारी बनाएर अवैधानिक रूपमा भारत पठाउन पल्केका व्यवसायीले सुपारी आयातको कोटा वितरण गरेसँगै अर्बौँ रुपैयाँभन्दा बढी गैरबैंकिङ प्रणाली अर्थात् हुण्डीबाट भित्र्याउँदै आएका छन् । सुपारी व्यापारीहरूले तीव्ररूपमा इण्डोनेसियाबाट सुपारी आयात गरी नेपाल भित्र्याउने र सरकारी अधिकारीसँगको मिलेमतोमा नै भारततर्फ तस्करी गर्नेगरेका छन् । मुलुकलाई आवश्यक नै नभएकोे सुपारी व्यवसायीले प्रतिटन एक हजार ५० डलर मूल्य देखाएर आयात गर्नेगरेका छन् । इण्डोनेसियामा उक्त सुपारीको मूल्य प्रतिटन न्यूनतम १५ सय डलरदेखि अधिकतम २५ सय डलरसम्म रहेको छ ।
सुपारी व्यवसायीले नेपाल भन्सारमा देखाएको मूल्यबराबरको रकम बैंकिङ प्रणालीबाट जाने गरेको भए पनि त्यति नै बराबरको रकम भने अवैध बाटो हुण्डीबाट विदेश जाने र उक्त फरक भएको रकम हुण्डीमार्फत नै नेपाल भित्रिने गरेको छ । यसरी फरक भएको रकमको अनुसन्धान तथा खोजी गर्ने सरकारका निकाय समेत त्यसबेला मौन बसेपछि पछिल्लो समय सरकार परिवर्तनसँगै सौर्य एयरलाइन्सको ५० लाख प्रकरण बाहिर आएको स्रोतको दाबी छ । विराटनगर पछिल्लो समय हुण्डी कारोबारीका लागि उद्गमस्थल नै बन्न पुगेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया