ल्याप्रोस्कोपिक सर्जरीका लागि एभरेष्ट अस्पताल
काठमाडौं । पेटमा स–साना घाउ बनाइ दूरबिनका मद्दतले तल्लो पेटका भित्री अंगका समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपिक भनिन्छ । अहिले पछिल्लो समय हेर्ने हो भने ल्याप्रेस्कोपिक विधि बिरामीको पहिलो रोजाइमा परेको छ । शल्यक्रिया गर्नुपर्ने ८५–९५ प्रतिशत बिरामीले यो विधि नै धेरै रोज्ने गरेको एभरेष्ट अस्पतालका सञ्चालक दिपकचन्द्र बराल बताउँछन् ।
दूरबिनबाट शल्यक्रिया गरिने भएकोले छिटो छरितो र त्यति धेरै महँगो पनि नहुने भएकोले ल्याप्रोस्कोपी विधि सबैको रोजाइको परेको एभरेष्ट अस्पतालका स्त्री रोग तथा निःसन्तान रोग विशेषज्ञ डा. राजन शाहले बताए । शल्यक्रिया गर्दा बिरामीलाई दुःखाइको महशुस एकदमै कम हुने, बिरामीको शरीरबाट रगत एकदमै कम खेर जाने, घाउ ससाना हुने भएकाले चाँडै निको हुने र घाउ पाक्ने सम्भावना धेरै नै कम हुने, शल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी हिँड्डुल गर्नसक्ने, अस्पतालको बसाइ एकदमै कम छोटो हुने र चाँडै डिस्चार्ज हुने भएकाले ९५ प्रतिशत बिरामीको रोजाइमा ल्याप्रोस्कोपी विधि पर्ने गरेको डा. शाहले बताए ।
काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा डा. राजन शाह र उनको नेतृत्वको टोलीले माहिला रोगसम्बन्धी सम्पूर्ण शल्यक्रियाहरु दूरबिनमार्फत (हिस्टेरेस्कोपिक र ल्याप्रोस्कोपिक) विधिबाट गर्दै आएको छ ।
गएको भदौ महिनादेखि ल्याप्रोस्कोपिक सर्जरीबाट यहाँ शल्यक्रिया गर्दै आइएको छ । सुरुवाती चरणमा हप्तामा दुईदेखि तीनवटा मात्र यो विधिबाट शल्यक्रिया हुने गरेको अस्पतालको भनाइ छ । पछिल्लो समय यो विधिबाट शल्यक्रिया गर्ने बिरामी बढेसँगै अहिले हप्तामा २० देखि २५ भन्दा बढीले ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया हुने गरेको छ ।
अस्पतालले दिएको तथ्यांकअनुसार गएको पाँच दिनमा मात्र ४० भन्दा बढीले ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गराएका थिए । अस्पतलामा डा. राजन शाह र उनको नेतृत्वको पाँच चिकित्सकको टोलीले ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गर्दै आएको डा. शाहले जानकारी दिए । एभरेष्ट अस्पताल प्रालिका सञ्चालक दिपक चन्द्र बरालले नेपाली नागरिकले आफ्नै देशमा ल्याप्रोस्कोपी प्रविधिमार्फत सर्जरी गर्न सकून् भन्ने उद्देश्यले विश्वस्तरीय ल्याप्रोस्कोपिक तथा हिस्टोस्कोपिक सामग्रीहरु यहाँ ल्याइएको बताए ।
‘यो प्रविधि ल्याउनुको मुख्य उद्देश्य भनेको कोही नेपाली नागरिक यही सर्जरी गर्नका लागि अन्य मुलुक जानु नपरोस् र चर्को मूल्य तिरेर उपचार गर्न नपरोस् भन्ने हो’, उनले भने, ‘देशमै यस्तो प्रविधिको प्रयोग गरेर उपचार गर्न पाउन आर्थिक अवस्था कमजोर भएका मानिसले पनि यसको लाभ लिन सकून् भनेरै यो प्रविधिको सुरुवाती गरिएको हो ।’
सञ्चालक बरालका अनुसार एभरेष्ट अस्पतालमा पूर्वदेखि पश्चिमका जिल्लाहरुबाट आएर ल्याप्रोस्कोपी सर्जरी गराउँछन् । पूर्वका उदयपुर, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम, खोटाङदेखि लिएर पश्चिमका बैतडी, डडेल्धुरा, डोटी, कर्णाली हुँदै नेपालको अधिकांश जिल्लाबाट बिरामीहरु आएर उपचार गराइरहेका छन् । अधिकांश नारीहरुमा आफ्नो समस्या भए पनि उपचार गर्ने प्रविधि बारेमा अनभिज्ञता नै छन् । यस्तो प्रविधिको जानकार नभएकै कारण कयौं नारीहरुले चिरफार विधिबाटै शल्यक्रिया गराइरहेका हुन्छन । यो प्रविधिबाट शल्यक्रिया गराउँदा कति सुरक्षित छ ? भन्ने कतिपयको प्रश्नको विषय पनि रहेको छ ।
यस प्रश्नमाथि एभरेष्ट अस्पतालका डा. राजन शाह भन्छन्, ‘पछिल्लो समय नेपालमा भित्र्याइएको प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सबैभन्दा सुरक्षित र भरपर्दाे माध्यमको रुपमा छ । शल्यक्रिया गर्नुपर्ने अंगमाथि प्वाल बनाएर क्यामरा राखिन्छ, जसको माध्यमले भित्रको अवस्था हेरेर औजारको प्रयोगमार्फत शल्यक्रिया गरिन्छ ।’ डा शाहका अनुसार शल्यक्रिया गर्ने अंगमाथि एक सेन्टिमिटर प्वाल बनाई क्यामेरा राखिन्छ । पेटभित्र भएका अंगमा शल्यक्रिया गर्दा त्यहाँ राखिएको क्यामेरा सबैतिर घुमाएर अंगको अवस्था हेरिन्छ ।
अप्रेसन गर्ने अंगको माथि आधा सेन्टिमिटरका दुईवटा प्वाल पारी मेसिन छिराएर औजारको प्रयोगले शल्यक्रिया गर्ने गरिन्छ । ल्याप्रोस्कोपीको माध्यमबाट पछिल्लो समय नेपालमा धेरै किसिमका रोगको उपचार गरिन्छ । डा. शाहका अनुसार अनुसार ल्याप्रोस्कोपिक विधिबाट अस्पतालले स्त्री रोगसम्बन्धी पाठेघरमा ट्युमर पलाएको, डिम्ब वा नलीमा बच्चा बसेमा, पाठेघरबाट बढी रगत बगेमा, पेटमा मासुको डल्लो पलाएमा, पाठेघर आफ्नो ठाउँबाट तल झरेमा, स्थायी बन्ध्याकरण र पाठेघरमा लाग्न सक्ने विभिन्न किसिमका रोगहरू पत्ता लगाउन र उपचार गर्न ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया