Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘यातायातमा बागमती मुलुककै नमूना बन्छ’

‘यातायातमा बागमती मुलुककै नमूना बन्छ’


चितवन । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायातसम्बन्धी सबै कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन निर्देशन दिएका छन् । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत रहेका कार्यालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रममा मन्त्री दाहालले यातायात सेवामा बागमतीलाई मुलुककै नमूना बनाउने आफ्नो मुख्य कार्यभार रहेको स्पष्ट पारे ।

जनताले अनुभूति गर्ने गरी काम गर्न उनले कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । ‘यातायात कार्यालयहरुमा बिचौलियाको बिगबिगी बढेको जनगुनासो छ’, उनले भने, ‘अब त्यसलाई समाधान गर्दै तपाईंहरुले जनमैत्री र सुशासन कायम गरी सेवा दिनुहोस् ।’ बागमतीमा भर्खर मात्रै श्रम रोजगार तथा यातायातमन्त्रीका रुपमा आएका दाहालले कारोना कहर बढेको भन्दै आम सेवाग्राहीहरुको सहजता र आफ्नै सुरक्षाका लागि पनि यातायातका सेवा अनलाइन माध्यमबाट सञ्चालन गर्न समेत आग्रह गरे । जनताले अनुभूति हुने गरी काम अगाडि नबढाए कारबाही गर्न समेत आफू पछि नहट्ने उनले बताए । मन्त्री दाहालले कार्यालयहरुमा सेवाग्राहीको चाप कम गर्न बिलबुक नवीकरणलाई अनलाइन माध्यमबाट सञ्चालन गर्नुपर्ने भन्दै उक्त कार्यका लागि मन्त्रालयले आवश्यक समन्वय गर्न तयार रहेको बताए ।

यसैगरी उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुकको नवीकरण, ‘रुट परमिट’ लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन विशेष जोड दिएका थिए । समीक्षा कार्यक्रममा आव २०७८/०७९ को अर्धवार्षिक समयावधिमा कार्यालयहरुले सम्पादन गरेका कामहरुका साथै आम्दानी र खर्च विवरण र सेवाप्रवाहको यथार्थ विवरणसहित आफ्ना कार्यालयहरुमा काम गर्दा देखापरेका समस्याहरूका विषयमा मातहतका कार्यालय प्रमुखहरुले रिपोर्टिङ्ग गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया