Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनापी कार्यालय बाँकेमा अख्तियारको छापा, ३५ हजार घुससहित दुई जना पक्राउ

नापी कार्यालय बाँकेमा अख्तियारको छापा, ३५ हजार घुससहित दुई जना पक्राउ


बाँके, माघ २३
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय बाँकेका दुई जना कर्मचारीलाई घुस लिँदालिदै रङ्हात पक्राउ गरेको छ । नापी कार्यालय बाँकेका सर्भेक्षक यमबहादुर खत्री र अर्का लेखापढी व्यवसायी प्रताप केसीलाई ३५ हजार घुससहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश ५ सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिए । उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश ५ सम्पर्क कार्यालय नेपालगञ्जले पक्राउ गरेको हो । सेवाग्राहीसँग हाल साबिक गरिदिने भन्दै बिचौलियामार्फत ३५ हजार रूपैयाँ घुस लिँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको प्रमुख गैरेले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया