Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘गुणस्तरीय प्लाइउड उत्पादन गर्न आवश्यक’

‘गुणस्तरीय प्लाइउड उत्पादन गर्न आवश्यक’


काठमाडौं, माघ २३
अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न जोड दिनुपर्ने बताएका छन् । अर्थ मन्त्रालयमा बुधबार नेपाल प्लाइउड उत्पादन संघका पदाधिकारीहरुसँगको भेटघाटमा अर्थमन्त्री डा. खतिवडाले प्लाइउडमा नेपाल आत्मनिर्भर भएकोमा खुशी व्यक्त गर्दै नेपाली बजारमा प्लाइउडको माग उच्च भएकोले उत्पादनको गुणस्तरियतामा ध्यान दिनुपर्ने बताए ।

अर्थमन्त्री डा. खतिवडाले कु–काठजन्य वनस्पतिलाई नगदे बालीको रुपमा विकास गरी वैज्ञानिक वन व्यवस्थापनमा सरकारले गृहकार्य गरिरहेकोे बताए । उनले स्वदेशी उद्योगलाई संरक्षण र सहयोग गरी मुलुकमा रोजगारी सृजना गर्ने, व्यापार घाटा कम गर्ने सरकारको नीति भएको उल्लेख गर्दै प्लाइउड उत्पादक संघले राखेका समस्याहरुबारे छलफल गरी समाधान गरिने बताए ।

प्लाइउड उद्योगसँग सम्बन्धित समस्याहरु अर्थमन्त्री संग राख्दै नेपाल प्लाइउड उत्पादन संघका अध्यक्ष प्रदिप कुमार चौधरीले हाल नेपालमा प्लाइउडसम्बन्धी ६७ वटा उद्योगहरु चालू अवस्थामा रहेको र यसबाट करिब ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको बताए । साथै उनले प्लाइउडमा नेपाल आत्मनिर्भर रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया