मोरङबाट उत्पादन हुँदै आएको सप्तकोशी सिमेन्टको गुणस्तरमाथि नै गम्भीर प्रश्न !
विराटनगर । मोरङको कटहरी गाउँपालिकामा उत्पादन हुँदै आएको सप्तकोशी सिमेन्टको पछिल्लो समय गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ । सिमेन्ट उत्पादन कम्पनीले गुणस्तर परीक्षण गर्ने सरकारी निकाय समेतलाई चुनौती दिँदै खुलेआम गुणस्तरहीन सिमेन्ट बजार पठाइरहेको उपभोक्ताको गुनासो रहेको छ ।
गुणस्तर विभाग सिमेन्टको गुणस्तरको विषयमा मौन बसेपछि सिमेन्ट उद्योगका सञ्चालक आषिस गोयलले यसैको फाइदा उठाउँदै आफ्नो उत्पादन उच्च गुणस्तरयुक्त भएको दाबी गर्दै बिक्रीवितरण गरिरहेका छन् । तर उपभोक्तहरूले उक्त सिमेन्टको गुणस्तर नै नपुगेको भन्दै विभागमा उजुरी गरेका छन् । सिमेन्टको गुणस्तको विषयमा विभागमा उजुरी गरे पनि विभाग भने मौन बसेको उपभोक्ताको आरोप छ । सप्तकोशी सिमेन्ट र सञ्चालक आषिस गोयलको गुणस्तर विभागमा समेत राम्रो सेटिङ रहेकोले विभागले कम्पनीलाई कारबाही नगरेको उपभोक्ताहरूको गुनासो छ ।
स्रोतका अनुसार सिमेन्टलाई विभागले नै ग्रिनसिग्नल दिएपछि कम्पनीले सोहीअनुसार झुक्याएर लामो समयदेखि गुणस्तरहीन सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको हो । प्रदेश १ मा सञ्चालित ठूला निर्माण आयोजनाहरूमा समेत सप्तकोशी सिमेन्ट प्रशस्त मात्रामा बिक्रीवितरण भइरहेको छ । गुणस्तरहीन सिमेन्टका बारेमा विभाग मौन बसेपछि आयोजनाहरूमा उक्त सिमेन्ट प्रयोग गर्ने कि नगर्ने भन्नेमा आफूहरू अन्यौलमा परेको निर्माण व्यवसायीहरूको भनाइ छ । खरिद गरिएको सिमेन्ट फिर्ता हुँदा करोडौँको हानि कम्पनीलाई पर्ने देखिएपछि सप्तकोशी सिमेन्टका सञ्चालकले गुणस्तर विभागसँग चलखेल गरी गुणस्तरहीन सिमेन्ट नै बजारमा पठाउने गरेका छन् ।
मोरङको कटहरी गाउँपालिकामा उत्पादन हुँदै आएको सप्तकोशी सिमेन्टको गुणस्तरमा धेरै पहिलेदेखि नै विवाद हुँदै आएको छ । उक्त सिमेन्टको गुणस्तरमा प्रश्नसँगै सिमेन्टले आर्थिक वर्ष ०७८/०७९ को पुस महिनामा बुझाएको कारोबार विवरणले पनि सरकारी राजस्वमा समेत व्यापक छली गरेको खुलेको छ । उक्त सिमेन्ट उद्योगका सञ्चालक आषिस गोयलले सिमेन्ट प्याकिङका लागि प्रयोग गरिने बोरा खरिदमा देखि सिमेन्ट बिक्रीबाट प्राप्त हुने आयकर समेतमा व्यापक अनियमितता गरी धेरै राजस्व छली गरेको दाबी राजस्वस्रोतले गरेको छ । सिमेन्टमा सिमेन्ट कम्पनीले सिमेन्ट प्याकअनुसार प्रतिकेजी चार रूपैयाँ ४० पैसा सरकारलाई अन्तःशुल्कबापतको राजस्व बुझाउनुपर्नेछ । यो सरकारी व्यवस्थालाई समेत सिमेन्टका सञ्चालक गोयलले चुनौती दिँदै सरकारको अन्तःशुल्क र आयकरमा व्यापक राजस्व छली गरेका छन् ।
सिमेन्ट उद्योगीका अनुसार सिमेन्ट गुणस्तरहीन हुनलाई संरचना बनाउँदा बलियो तथा कमसल बनाउने म्याग्नेसियम र आईआर रेसियो धेरै तथा थोरै हुनुपर्दछ । तर सप्तकोशी सिमेन्टमा म्याग्नेसियमको कमीले बलियोपना घट्ने र त्यसको आईआर रेसियो बढी हुँदा चर्किने र भत्किने क्रम बढ्न थालेपछि उपभोक्ताको गुनासो बढेको थियो । सप्तकोशी सिमेन्टबाट प्रदेश १ मा बनेका संरचनाहरू चाँडै भत्किने तथा चर्किने गरेको स्रोतको दाबी छ । प्रदेश १ को सप्तकोशी सिमेन्ट गुणस्तरहीन हुँदा समेत जिम्मेवार निकायका जिम्मेवार व्यक्तिहरू नै कारबाही प्रक्रियाबारे अहिलेसम्म मौन बसेपछि यसलाई अर्थपूर्ण रूपमा हेर्न थालिएको छ । सप्तकोशी सिमेन्टको राजस्व छलीदेखि गुणस्तरका सवालमा जिज्ञासा राख्न सप्तकोशी सिमेन्टका सञ्चालक आषिश गोयललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । सञ्चालक गोयल विराटनगरको विवादित इस्टर्न सिटी अपार्टमेन्टमा फल्याट भाडामा लिएर बस्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया