Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रियस्तरका आठ विकास बैंकले छ महिनामा कमाए तीन अर्ब २० करोड

राष्ट्रियस्तरका आठ विकास बैंकले छ महिनामा कमाए तीन अर्ब २० करोड


काठमाडौं । राष्ट्रियस्तरका आठ विकास बैंकहरुले कुल तीन अर्ब २० करोड १७ लाख ४८ हजार तीन सय ७० रुपैयाँ खुद मुनाफा कमाएका छन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा विकास बैंकहरुले कमाएको यो खुद मुनाफा गत आवको सोही अवधिको तुलनामा ४६ करोड २२ लाख ६३ हजार रुपैयाँले बढी हो । बैंकहरुले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको सोही अवधिमा भने विकास बैंकहरुको यस्तो नाफा दुई अर्ब ७३ करोड ९४ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासिकमा विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी अर्थात् ६० करोड २४ लाख छ हजार एक सय ९० रुपैयाँ खुद मुनाफा कमाएको छ । मुक्तिनाथले कमाएको यो मुनाफा गत आवको सोही अवधिको तुलनामा केही कम भए पनि अन्य बैंकहरुको तुलनामा भने बढी हो । गत आवको सोही अवधिमा मुक्तिनाथको यस्तो नाफा ६१ करोड ५५ लाख ७३ हजार पाँच सय रुपैयाँ रहेको थियो । खुद मुनाफा आर्जनमा गरिमा विकास बैंक भने दोस्रो स्थानमा परेको छ । गरिमाले चालू आवको दोस्रो त्रैमासिकमा ४९ करोड २९ लाख ५३ हजार नौ सय ५० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा गरिमाको यस्तो नाफा ३९ करोड ३५ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

खुद मुनाफा आर्जनमा तेस्रो स्थानमा परेको महालक्ष्मी विकास बैंकले भने चालू आवको दोस्रो त्रैमासिकमा ४५ करोड ६२ लाख ९२ हजार आठ सय रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा महालक्ष्मीको यस्तो नाफा ३४ करोड ६८ लाख ७१ हजार दुई सय ४० रुपैयाँ रहेको थियो । लुम्बिनी विकास बैंकले ३५ करोड १७ लाख ४४ हजार पाँच सय ८० रुपैयाँ खुद मुनाफा कमाएको आधारमा बढी नाफा कमाउने विकास बैंकहरुको सूचीमा चौथो स्थानमा परेको छ । गत आवको सोही अवधिमा लुम्बिनीको यस्तो नाफा २६ करोड १८ लाख ८५ हजार तीन सय ९० रुपैयाँ रहेको थियो ।

Open photo

चालू आवको दोस्रो त्रैमासिकमा शाइन रेसुंगा र ज्योति विकास बैंकले भने क्रमशः ३४ करोड ८८ लाख ३० हजार पाँच सय र ३४ करोड ४० लाख १६ हजार एक सय ३० रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुको यस्तो नाफा २६ करोड ११ लाख ११ हजार नौ सय २० रुपैयाँ र ३० करोड ५५ लाख ९९ हजार छ सय ८० रुपैयाँ रहेको थियो । यसैगरी कामना सेवा विकास बैंक र साँग्रिला डेभलपमेन्ट बैकले पनि चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः ३४ करोड ३६ लाख ८१ हजार सात सय ५० रुपैयाँ र २६ करोड १८ लाख २२ हजार चार सय ७० रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुको यस्तो नाफा ३९ करोड ४७ हजार सात सय ५० र १६ करोड ४८ लाख पाँच हजार एक सय ५० रुपैयाँ रहेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया