आधा दर्जन फाइनान्सले अझै वित्तीय विवरण सार्वजनिक गरेनन्
काठमाडौं । आधा दर्जन फाइनान्स कम्पनीहरुको अपरिष्कृत वित्तीय विवरण प्रकाशनमा ढिलाइ भएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार त्रैमासिक सकिएको पहिलो महिनाको दोस्रो हप्तासम्म सकिएको त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुुपर्ने हुन्छ । तर हालसम्म पनि सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमध्ये मञ्जुश्री, श्री इन्भेष्टमेन्ट, गुडविलसहितका ११ वटाले मात्र चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रोग्रेसिभ, सेन्ट्रल, मल्टिपर्पससहितका छवटा फाइनान्स कम्पनीहरुले दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने फाइनान्स कम्पनीहरुमध्ये भने पोखरा फाइनान्सले चालू आवको पछिल्लो छ महिनामा दुई करोड ९६ लाख १६ हजार पाँच सय तीन रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा पोखराको यस्तो नाफा नौ करोड ६८ लाख ८६ हजार एक सय ७१ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी एक अर्ब चार करोड नौ लाख १९ हजार आठ सय १३ रुपैयाँ रहेको उक्त फाइनान्सले चालू आवको दोस्रो त्रैमासिकमा नौ अर्ब ५८ करोड ७६ लाख ६४ हजार आठ सय ५९ रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ५४ करोड ३० लाख ६० हजार छ सय ८२ रुपैयाँ कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५३ प्रतिशत रहेको छ । गोर्खाज फाइनान्सले भने चालू आवको पछिल्लो अवधिमा एक करोड ६५ लाख ७० हजार चार सय ६० रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा भने गोर्खाजको यस्तो नाफा छ करोड ५८ लाख ९१ हजार पाँच सय चार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिकमा सात अर्ब ३५ करोड ८३ लाख २९ हजार छ सय ६० रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६५ करोड ३५ लाख २८ हजार चार सय चार रुपैयाँ कर्जा प्रवाह गर्दा आठ दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
मञ्जुुश्री फाइनान्सले भने पछिल्लो अवधिमा सात करोड ५३ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने मञ्जुश्रीको यस्तो नाफा ११ करोड ३४ लाख दुई हजार रुपैयाँ रहेको थियो । बेष्ट फाइनान्सले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १४ करोड दुई लाख नौ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बेष्टको यस्तो नाफा १५ करोड ७६ लाख ५५ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । नेपाल फाइनान्सले पनि चालू आवको पछिल्लो अवधिमा तीन करोड ३२ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त फाइनान्सको यस्तो नाफा ३९ लाख आठ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले पनि पछिल्लो अवधिमा दुई करोड ८६ लाख ७० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त फाइनान्सको यस्तो नाफा तीन करोड ४७ लाख ४० हजार रुपैयाँ रहेको थियो । गुडविल फाइनान्सले पनि पछिल्लो अवधिमा सात करोड ९१ लाख ९१ हजार तीन सय ७१ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा गुडविलको यस्तो नाफा पाँच करोड ५४ लाख ९१ हजार तीन सय ६२ रुपैयाँ रहेको थियो । आईसीएफसी फाइनान्सले भने पछिल्लो अवधिमा १३ करोड २३ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा १७ करोड ५१ लाख रुपैयाँ रहेको थियो । यसैगरी समृद्धि फाइनान्सले भने पछिल्लो अवधिमा ६० लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा एक करोड ६७ लाख तीन हजार रुपैयाँ रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ६२ लाख तीन हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त फाइनान्सको यस्तो नाफा पाँच करोड ९१ लाख ५८ हजार रुपैयाँ रहेको थियो । जानकी फाइनान्सले भने पछिल्लो अवधिमा तीन करोड ५५ लाख ८९ हजार एक सय ८२ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने जानकीको यस्तो नाफा तीन करोड ३० लाख ४५ हजार आठ सय तीन रुपैयाँले ऋणात्मक रहेको थियो ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया