दुई वर्षदेखि कोरोनाको बहानामा राजस्व छली गर्ने फर्ममा राजस्वको छापा
काठमाडौं । चालू आर्थिक वर्ष ०७८/०७९ को पुस मसान्तमा अनुमानित राजस्व विवरण बुझाएका तर आसातीत राजस्व नबुझाउने व्यवसायी फर्ममाथि राजस्व अनुसन्धान कार्यालय सुनसरीले केही दिन यतादेखि निगरानी बढाउन थालेको छ ।
विगतमा राजस्व छली भएको आशंकामा औद्योगिक प्रतिष्ठानदेखि व्यापारी फर्ममा समेत छापामारी अनुसन्धान गर्दै मुद्दा समेत चलाउने अधिकार पाएको राजस्व अनुसन्धान पछिल्लो समयदेखि सबै अधिकारबाट वञ्चित गरेपछि सुस्तजस्तो बन्न पुगेको थियो । तर व्यवसायी र उनीहरूले कारोबार गर्ने गरेका फर्महरूबाट सरकार नै नभएको जस्तो गरी व्यापक राजस्व चुहावट गर्ने गरेका उजुरी पर्न थालेपछि अहिले आएर राजस्व अनुसन्धान सुनसरीले विराटनगरका केही प्रतिष्ठित फर्म र उद्योगमा निगरानी बढाउँदै तीनका उत्पादन निकासी र बिक्रीवितरणमाथि अनुसन्धान गर्न थालेको हो । स्रोतका अनुसार राजस्व अनुसन्धान कार्यालय सुनसरीले गत मंगलबार विराटनगरमा रहेको एक व्यवसायी फर्ममाथि छापामारी गरी आवश्यक कागजात समेत नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय सुनसरी मोरङ औद्योगिक करिडोरमा उत्पादन हुने र निकासी हुने वस्तुमा समेत अकल्पनीय राजस्व छली हुने गरेको बताउन थालिएको छ । पछिल्लो समय देशमा चलेको कोरोनाको माहामारी र बैंकबाट समेत ऋण उपलब्ध नभएको भन्दै हारगुहार गर्ने व्यवसायीबाट डरलाग्दो रूपमा राजस्व छली हुनेगरेको दाबी पनि राजस्वस्रोतले गरेको हो । कोभिड १९ को बहाना बनाएर आफ्नो व्यावसायिक विवरणमा समेत कारोबार शून्य देखाउने उद्योगी तथा व्यवसायीबाट आशातीत राजस्व नआएपछि सरकारले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको राजस्वले ठहर गरेको छ ।
पछिल्ला केही दिनयता राजस्व अनुसन्धान कार्यालय सुनसरीले विराटनगरबाट शंकास्पद व्यवसायी तथा त्यस्ता व्यावसायिक फर्ममाथि आफ्नो निगरानी बढाउन थालेपछि व्यवसायी तथा उद्योगीहरू हिसाबमिलान गर्ने काममा व्यस्त बनेका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरबाट सञ्चालन हुँदै आएका कतिपय उद्योग र व्यावसायिक फर्मले मास्कदेखि सेनिटाइजर समेतमा अनुमानित रकमभन्दा चार दोब्बरसम्म रकम असुली गरेको उजुरी राजस्वमा परेको छ । उक्त उजुरीपछि पछिल्लो समय राजस्व अनुसन्धान आक्रामक भएको हो । कोभिड १९ को माहामारीको बहानामा खाद्य सामग्रीदेखि हार्डवेयर, माक्स र सेनिटाइजरमा व्यापक राजस्व छली हुनेगरेको पाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया