बैंकिङ कसुर गरी भागेका व्यक्तिहरू पक्राउ
काठमाडौं । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विष्णु बहादुर कार्कीलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार बाजुराको बुढीनन्दा घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने ४४ वर्षीय विष्णु बहादुर कार्कीलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको हो ।
महाशाखाका अनुसार कार्कीउपर उच्च अदालत पाटनको वि.सं. २०७७ माघ ६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा सात दिन कैद र २७ लाख रुपैयाँ जरिवाना, वैदेशिक रोजगार मुद्दामा तीन वर्ष कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवाना, बैंकिङ कसुर मुद्दामा एक वर्ष कैद सजाय र एक लाख ५९ हजार रुपैयाँ जरिवाना र बैंकिङ कसुर मुद्दामा एक वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ । कार्कीलाई महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार पक्राउ गरी आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको जानकारी महाशाखाले दिएको छ ।
पक्राउ परेका कार्कीले विभिन्न व्यक्तिहरुलाई एयरलायन्समा पाइलटमा जागिर लगाइदिन्छु, डिमाण्ड ड्राफ्ट (डीडी) बनाइदिन्छु भन्नेलगायतका बहानामा समेत ठगी गरेको देखिएकाले कोही व्यक्तिहरु कार्कीबाट ठगिएको भए महाशाखामा सम्पर्क राख्न पनि महाशाखाले आग्रह गरेको छ ।
यसैगरी महानगरीय प्रहरी परिसर काठमाडौंले पनि बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको जानकारी दिएको छ । परिसरका अनुसार बैंकिङ कसुरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका ८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरिएको हो ।
सिंहले विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी साझेदारीमा जग्गा र जमिन खरिद गर्ने, व्यापार व्यवसाय सञ्चालन गर्ने भनी झुक्यानमा पारी लिएको रकममध्ये एक जनालाई ६० लाख रुपैयाँ फिर्ता गर्ने क्रममा चेक जारी गरेकोमा बैंकबाट चेक बाउन्स भएपश्चात् फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ३२ काँडाघारीबाट पक्राउ गरेको हो ।
साथै सिंहले अर्का एक जना पीडितलाई समेत यस्तै प्रकारले दिएको ६१ लाख रूपैयाँको बैंक चेक बाउन्स भई उच्च अदालत पाटन ललितपुरको २०७७ पुस १५ गतेको आदेशले १५ लाख धरौटी माग हुँदा तत्काल बुझाउन नसकी उनी डिल्लीबजार कारागारमा गएको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीउपर उच्च अदालत पाटन ललितपुरबाट सात दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया