Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसु.प. विश्वविद्यालय प्राध्यापक संघको स्थापना दिवस

सु.प. विश्वविद्यालय प्राध्यापक संघको स्थापना दिवस


कञ्चनपुर, माघ २४
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघको आयोजनामा प्रथम वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका समस्या र समाधानका उपाय विषयमा विचार गोष्ठी सम्पन्न भएको छ । सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका प्राध्यापक संघका अध्यक्ष उत्तम बहादुर थापाको अध्यक्षता भएको कार्यक्रममा नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्ध बहादुर थापा, सांसद तारा लामा तमाङ, सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका रजिस्टार डा.गोविन्द बिष्ट, पूर्वरजिस्ट्रार हेमराज पन्तलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमा डा. बुद्ध बहादुर थापाले विश्वविद्यालयलाई सुधार गर्न सबैले आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्ने सबै प्राध्यापकहरुले लाग्नुपर्ने उनको भनाइ थियो । भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई सुधार गर्न सबैले आफूबाट सुधार गर्नुपर्ने बताए । विश्वविद्यालयलाई अनुसन्धान केन्द्र बनाउनुपर्ने र विश्वविद्यालय अध्ययन गर्ने थलोको रुपमा हुनुपर्ने उनको भनाइ थियो । विभिन्न राजनीतिक दलका प्रतिनिधिले शुभकामना दिँदै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई नेपालकै उत्कृष्ट विश्वविद्यालय बनाउन सबै प्राध्यापकहरुको महत्वपूर्ण भूमिका रहने भएकाले यसमा सबै प्राध्यापकहरुले लाग्नुपर्ने सुझाव दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया