अवैध संरचनाप्रति काठमाडौं महानगरपालिका निरीह
काठमाडौं । राजधानी काठमाडौंको पुतलीसडकमा जोखिमयुक्त चार तल्ले भवन ठडिँदा समेत नियामक निकाय काठमाडौं महानगरपालिका मौन बसिरहेको छ । काठमाडौं महानगरपालिका वडा नं २९ पुतलीसडक न्युप्लाजामा रहेको सो भवन २०७२ सालको भूकम्पले लथालिङ्ग बनेको थियो । सोही दुई तल्ले भवनलाई घरधनी साँखुका दयावीर मानन्धरले पुनर्निर्माण गरी सर्वसाधारणको जीवन जोखिममा पारेका हुन् ।
करिब चार आनामा बनेको सो भवनको नक्सा पास गरिएको छैन । काठमाडौं महानगरपालिकाबाट करिब ३० वर्षपहिले अनुमति लिएर बनाइएको सो भवन भूकम्पले जीर्ण बनेकै अवस्थामा जोखिमपूर्ण तरिकाले पुनर्निर्माण गरिएकोले कुनै पनि बेला ढल्नसक्ने स्थानीयबासीको भनाइ छ ।
घरधनी मानन्धरले सो भवनको पिल्लरहरुका कंक्रिट उप्किएर रड समेत देखिने अवस्थामा पुगेको थियो । एक प्रत्यक्षदर्शीले भने, ‘अधिकांश पिल्लरहरु भत्किसकेका थिए, भित्रका रडहरु देखिएको थियो । टालटुल पारेर नयाँ जस्तै भवन बनाएर आम जनतालाई झुक्याउने र सर्वसाधारणको जीवन जोखिममा पार्ने काम गरियो ।’ जीर्ण भवन भत्काउन लागेको भन्ने भ्रममा परेका स्थानीयबासीले कमजोर बनेका पिल्लरका भागहरुलाई छोपछाप पारेर चार तल्लाको संरचना बनाएपछि तीन छक परेको बताएका छन् । जोखिमपूर्ण भवनका कारण पुतलीसडकबाट न्यूप्लाजा जानेतर्फको चोक हुँदै पैदलयात्रा गर्न समेत जोखिम परेको छ ।
भवनको माथिल्लो तल्लामा सार्वजनिक प्रयोजनको लागि रेष्टुरेन्ट समेत खोलिएकोले झनै जोखिम बढेको देखिन्छ । जीर्ण घरमा लोड व्यवस्थापनका लागि माथिल्लो तल्लामा सिसा हाल्ने प्रयास गरिएको भए पनि पर्याप्त नभएको र कुनै पनि ढलेर दर्जनौँ सर्वसाधारणको एकै चिहान हुनसक्ने देखिएको छ ।
राजधानीको व्यस्त सहरमा दर्जनौँ मानिसहरुको जीवन जोखिममा पार्ने भवन तथा संरचना निर्माण भइरहँदा महानगरपालिका भने मौन रहँदै आएको छ । काठमाडौं महानगरभित्र कुनै पनि संरचना बनाउँदा महानगरको नक्सा शाखाबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था छ । तर, देशको प्रमुख प्रशासकीय निकाय सिंहदरबारको छेउमै गैरकानुनी तरिकाले जोखिमपूर्ण भवन ठडिँदा समेत राज्यका निकायहरु मौन रहँदा सर्वसाधारणको जीवन जोखिममा परेको छ । सो भवनमा हाल पुस्तक पसल समेत सञ्चालनमा आइसकेको छ ।
काठमाडौं महानगरपालिकाको नक्सा शाखा प्रमुख सुरज शाक्यले नक्सा पास नगरी अवैध रुपमा घर निर्माण गरिएको पाइएमा कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया