दोस्रो त्रैमासिक वित्तीय विवरण : वाणिज्य बैंकहरूमा साढे तीन प्रतिशतसम्म खराब कर्जा
काठमाडौं । वाणिज्य बैंकहरुमा शून्य दशमलव १४ देखि तीन दशमलव छ प्रतिशतसम्म कर्जा खराब देखिएको छ । सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त अनुपातमा कर्जा खराब देखिएको हो ।
जसमध्ये सबैभन्दा बढी खराब कर्जा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा देखिएको छ भने सबैभन्दा कम खराब कर्जा नेपाल एसबीआई बैंकमा देखिएको छ । चालू आवको दोस्रो त्रैमासिकमा राष्ट्रिय वाणिज्य बैंकमा तीन दशमलव छ प्रतिशत कर्जा खराब देखिँदा नेपाल एसबीआईमा शून्य दशमलव १४ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव २३ र शून्य दशमलव १९ प्रतिशत रहेको थियो ।
यसैगरी कृषि विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः दुई दशमलव आठ र दुई दशमलव छ प्रतिशत कर्जा खराब देखिएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात तीन दशमलव १४ र दुई दशमलव ७५ प्रतिशत रहेको थियो । यीबाहेक नेपाल बैंक, ग्लोबल आईएमई बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र नेपाल बंगलादेश बैंकमा भने चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः एक दशमलव ९१, एक दशमलव १३, एक दशमलव ४१, एक दशमलव ८७ र एक दशमलव ७४ प्रतिशत कर्जा खराब देखिएका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव ८८, एक दशमलव ७२, एक दशमलव शून्य छ, दुई दशमलव ४२ र दुई दशमलव ३७ प्रतिशत रहेको थियो ।
चालू आवको दोस्रो त्रैमासिकमा एनएमबी, कुमारी, मेगा, प्रभु र एनसीसी बैंकमा भने खराब कर्जाको अनुपात क्रमशः एक दशमलव ४९, एक दशमलव शून्य छ, एक दशमलव शून्य पाँच, एक दशमलव २३ र एक दशमलव ३३ प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्र्जाको अनुपात क्रमशः दुई दशमलव ३८, एक दशमलव शून्य छ, एक दशमलव ७१, दुई दशमलव शून्य छ र दुई दशमलव ४२ प्रतिशत रहेका थिए । नबिल र सेञ्चुरी कमर्सियल बैंकमा भने चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः एक दशमलव ११ र एक दशमलव ६७ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ६० र एक दशमलव ६७ प्रतिशत रहेका थिए ।
चालू आवको दोस्रो त्रैमासिकमा १२ वटा बैंकहरुमा भने खराब कर्जाको अनुपात एक प्रतिशतभन्दा तल देखिएको छ । जसमध्ये हिमालयन, लक्ष्मी, बैंक अफ काठमाण्डू, प्राइम कमर्सियल र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः शून्य दशमलव ७२, शून्य दशमलव ८३, शून्य दशमलव ८२, शून्य दशमलव ७८ र शून्य दशमलव ४४ प्रतिशत कर्जा खराब देखिएका छन् ।
गत आवको सोही अवधिमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव १३, शून्य दशमलव ७६, एक दशमलव ५२, एक दशमलव शून्य आठ र एक दशमलव ५४ प्रतिशत रहेका थिए । यसैगरी सिभिल, सिद्धार्थ, माछापुच्छ्रे र एनआईसी एसिया बैंकमा भने चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः शून्य दशमलव ९४, शून्य दशमलव ३७, शून्य दशमलव ५७ र शून्य दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय देखिएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ७०, एक दशमलव ९१, शून्य दशमलव ७६ र शून्य दशमलव ४३ प्रतिशत रहेका थिए ।
चालू आवको दोस्रो त्रैमासिक अवधिमा सानिमा र एभरेष्ट बैंकमा भने शून्य दशमलव ३१ र शून्य दशमलव २६ प्रतिशत कर्जा खराब देखिएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ५८ र शून्य दशमलव १९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया