Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसप्तकोशी सिमेन्टद्वारा एक बिलबीजकबाट दोहोरो सिमेन्ट बिक्री गरेको खुलासा

सप्तकोशी सिमेन्टद्वारा एक बिलबीजकबाट दोहोरो सिमेन्ट बिक्री गरेको खुलासा


विराटनगर । मोरङका ग्रामीण सहरमा व्यापार विस्तार गरेको सप्तकोशी सिमेन्टले खुलेआम बिलबीजक समेतको प्रयोग नगरी जनतालाई झुक्याएर सिमेन्टको बिक्रीवितरण गर्नेगरेको पाइएको छ ।

मोरङको कटहरीबाट उत्पादन गर्दै आएको शप्तकोशी सिमेन्टले प्रदेश १ को राजधानी विराटनगरसहितका सहरी क्षेत्रमा आफ्नो व्यापार विस्तार गर्न नसकेपछि पछिल्लो समय सुनसरी मोरङ र झापा जिल्लाका अधिकांश ग्रामीण बजारमा आफ्नो वर्चस्व कायम गरिरहेको छ । अधिकांश ग्रामीण सहरमा बिक्रीका लागि पठाइएको सप्तकोशी सिमेन्टको बिलिङ समेत नभएको पाइएको हो । जसले गर्दा सरकरले सिमेन्ट बिक्रीबाट पाउने मुअकर समेतमा सिमेन्ट कम्पनी र सञ्चालकले ठूलो मात्रामा राजस्व छली गर्नेगरेको स्रोतको दाबी छ । सिमेन्ट कम्पनीले सरकारलाई तिर्ने राजस्व र गुणस्तर दुवैमा ठगी गर्दै आएको छ । सरकारी निकायको धज्जी उडाउँदै खुलेयाम गुणस्तरहीन सिमेन्ट बजार पठाउँदा समेत सम्बन्धित निकाय मौन रहेको गुनासो मोरङको ग्रामीण सहरका उपभोक्ताको छ ।

गुणस्तर विभाग पनि सप्तकोशी सिमेन्टका विषयमा मौन रहेपछि सिमेन्ट उद्योगका सञ्चालक आषिस गोयलसँग गुणस्तर विभागको समेत सेटिङ भएको दाबी गर्न थालिएको छ । सिमेन्ट उद्योगका सञ्चालक गोयलले पनि यसैको फाइदा उठाउँदै आफ्नो उत्पादन उच्च गुणस्तरयुक्त भएको दाबी गर्दै आएका छन् । तर उपभोक्तहरूले उक्त सिमेन्टको गुणस्तर नै नपुगेको भन्दै विभागमा उजुरी गरेका छन् । उजुरी गर्दा समेत गुणस्तर विभाग भने मौन बसेको उपभोक्ताको गुनासो छ ।

स्रोतका अनुसार उद्योग सञ्चालक गोयलले मोरङका ग्रामीण सहरमा सिमेन्ट पठाउँदा एउटा बिलबीजकबाट तीनदेखि पाँचवटासम्म व्यावसायिक प्रतिष्ठानमा आफ्नो उत्पादन बिक्रीका लागि पठाउने गरेको छ । त्यसबाट सरकारले पाउने मुअकरदेखि उद्योगी गोयलले बुझाउने आयकर समेतमा व्यापक छली हुनेगरेको पाइएको हो । पछिल्लो समय राजस्व अनुसन्धान कार्यालय पनि राजस्व छलीका सम्बन्धमा अनुसन्धान गर्ने अधिकार कटौती भएपछि मुकदर्शक मात्रै भएको आरोप लाग्न थालेको छ । आन्तरिक राजस्व कार्यालय पनि मोरङका ग्रामीण सहरमा केन्द्रित हुन नसकेको अवस्थामा सप्तकोशी सिमेन्टको राजस्व छली प्रकरणले उग्ररूप लिएको दाबी गर्न थालिएको छ । यसरी सप्तकोशी सिमेन्टका सञ्चालक आषिश गोयलले राजस्व छलीदेखि गुणस्तर विभागसँग चलखेल गरी गुणस्तरहीन सिमेन्ट नै बजारमा पठाउनेसम्मको कामलाई पछिल्लो समय तीव्रता दिएपछि सञ्चालक गोयल र गुणस्तर विभागका बीचमा भएको सेटिङ छताछुल्ल बन्न पुगेको छ ।

सिमेन्ट कम्पनीले सिमेन्ट प्याक गर्दा प्रतिकेजी चार रूपैयाँ ४० पैसा जति सरकारलाई अन्तशुल्कबापतको राजस्व बुझाउनुपर्ने बाध्यकारी व्यवस्था छ । तर सप्तकोशी सिमेन्टका सञ्चालक गोयलले यो सरकारी व्यवस्थालाई समेत चुनौती दिँदै आएका छन् । सिमेन्ट उद्योगीले दिएको जानकारीअनुसार सिमेन्ट गुणस्तरहीन तथा कमसल बनाउने म्याग्नेसियम र आईआर रेसियो धेरै तथा थोरै हुनु पर्दछ । तर सप्तकोशी सिमेन्टमा म्याग्नेसियमको कमीले बलियोपना घट्ने र त्यसको आईआर रेसियो बढी हुँदा चर्किने र भत्किने क्रम बढ्ने गरेको कारण उक्त सिमेन्टमा उपभोक्ताको गुनासो बढेको हुनसक्ने कुरा बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया