Techie IT
×
गृहपृष्ठसमाचारमधेस आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस

मधेस आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस


विराटनगर । मधेसी आयोगले प्रदेश नं. १ का प्रमुख परशुराम खापुङलाई तेस्रो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश नं. १ को कार्यालय विराटनगरमा आयोगका सदस्यहरू जीवछ साह, रेणदेवी साह र विजयकुमार गुप्ताको उपस्थितिमा प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्ने क्रममा प्रदेशप्रमुख परशुराम खापुङले मधेसीको समस्या मधेसीको मात्रै नभएर राष्ट्रिय समस्या भएको बताएका थिए । तर कतिपय समस्याहरू फरक ढङ्गले अध्ययन नगरी समाधानको विन्दुमा नपुगिने भएकोले मधेसी आयोगलगायतका आयोगको गठन हुनपुगेको प्रदेशप्रमुखको भनाइ थियो ।

प्रतिवेदनअनुसार मधेसी आयोगमा हालसम्म एक सय ९० वटा उजुरी परेका छन् । त्यसैगरी बाढिपहिरोले पु-याएको क्षति, मधेसी समुदायमा देखिएको जातीय विभेद, धार्मिक तथा साम्प्रदायिक विवाद, नेपाल भारत सीमा उत्पन्न तनाबले मधेसी समुदायमा परेको प्रभावलगायतको अनुगमन तथा अध्ययन गरेको छ ।

आयोगले मधेसी समुदायको पहिचानको सम्बन्धमा अध्ययन गरी थर पनि सूचीकरण गरेको छ । थर सूचीकरणलाई अद्यावधिक बनाउन विश्वविद्यालय, केन्द्रीय तथ्याङ्क विभाग, संस्कृतिविद्लगायतका विज्ञ तथा पदाधिकारीसँग अन्तक्रिया पनि गरेको छ । प्रदेशप्रमुखको कार्यालयका सचिव तुलसीराम सेढाईले प्रदेशलाई बुझाउने प्रतिवेदन प्रदेशस्तरीय हुनुपर्ने आयोगलाई सुझाव दिएका थिए । उक्त सुझाव सकारात्मक रहेको आयोगका सदस्य रीनादेवी साहले बताइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया