ग्रिनलाइन सेन्टरमा डुब्यो चार बैंकको ८० करोड
धितो कमजोर हुँदा एभरेष्टबाहेक बाँकी तीन बैंकले कर्जा उठाउनै नसक्ने
काठमाडौं । काठमाडौंको जमलमा रहेको ग्रिनलाइन सेन्टरमा चार बैंकको ८० करोड रुपैयाँ कर्जा डुबेको छ । एभरेष्ट बैंक, मेगा बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले उक्त कम्पनीलाई चालू पुँजी शीर्षकमा कर्जा दिएको र कर्जा लिएका कम्पनीका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल विगत एक महिनादेखि फरार भएपछि चार बैंकको झण्डै ८० करोड रुपैयाँ कर्जा डुबेको हो ।
राष्ट्र बैंक स्रोतका अनुसार उक्त कम्पनीमा प्रवाह भएको कर्जाको बारेमा नेपाल राष्ट्र बैंकले पनि सूक्ष्मरुपमा अनुसन्धान गरिरहेको छ । ‘उक्त कम्पनीलाई मेगा बैंकले २४ करोड, ग्लोबल आईएमई बैंकले सात करोड, एभरेष्ट बैंकले २० करोड र नेपाल इन्भेष्टमेन्ट बैंकले ३० करोड रुपैयाँ कर्जा दिएको देखियो’, राष्ट्र बैंक स्रोतले भनेको छ ।
ग्रिनलाइन सेन्टरले ब्राण्डेड रक्सीहरुको व्यापार गर्दै आएको र त्यही व्यापारलाई देखेर बैंकहरुले पर्याप्त मात्रामा धितो नै नलिईकन चालू पुँजी शीर्षकमा कर्जा दिएको देखिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । अनुसन्धानका क्रममा एभरेष्ट बैंकले भने चालू पुँजी शीर्षकमा कर्जा दिए पनि ग्रिनलाइन सेन्टरको कम्पनीको घर नै धितो राखेर कर्जा दिएको देखिएको छ । सोही आधारमा उक्त कर्जा प्रकरणमा एभरेष्ट बैंकलाई कर्जा उठाउनको लागि पर्याप्त धितो रहे पनि अन्य तीन वटा बैंकलाई भने कर्जा उठाउन समस्या हुने देखिएको छ ।
कम्पनीका सञ्चालक अग्रवाल विगत एक महिनादेखि फरार भएपछि आफ्नो कर्जा असुरक्षित भएको ठान्दै २०७८ पुस २१ गते नै एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ग्रिनलाइन सेन्टरको गोदाममा छापी मारी सिल गरेको जानकारी पनि राष्ट्र बैंक स्रोतले दिएको छ । अहिले भने उक्त कम्पनीलाई कर्जा दिने ग्लोबल आईएमई बैंक र मेगा बैंकले पनि ग्रिनलाइन सेन्टरमा कर्जा चुक्ता गर्नको लागि सूचना टाँस गर्दै सिल गरेका छन् ।
राष्ट्र बैंक स्रोतका अनुसार ऋणी ग्राहक फरार भएपछि बैंकले गत पुस २२ अग्रवालद्वयलाई खोजी गरिपाऊँ भन्दै केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी), महानगरीय अपराध महाशाखा मीनभवन, महानगरीय प्रहरी परिसर काठमाडौं आदिमा जाहेरी दर्ता गराएका छन् । बैंकहरुले जाहेरी दर्ता गरेपछि अग्रवालद्वयबाट आफूहरु पनि ठगिएको भन्दै उजुरी दिन थालेको सीआईबी स्रोतले बताएको छ । सीआईबी स्रोतका अनुसार बैंकहरुको ८० करोड रुपैयाँ डुबाएका अग्रवालद्वयले घरजग्गा बेचेर तिर्ने भन्दै केही उद्योगी, व्यवसायी र सर्वसाधारणहरुबाट समेत झण्डै एक अर्ब रुपैयाँ ठगेर फरार भएको देखिएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया