Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर

राजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर


काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्दा दायर गरेको छ ।विभागले आरोपी सात जनाविरुद्ध ५८ लाख ७९ हजार सात सय ४६ रूपैयाँबराबरको बिगो कायम गरी गत बिहीबार मुद्दा दायर गरेको हो ।

विभागले मकवानपुर मनहरी–६ का विशाल राई, सिन्धुली भीमस्थान–५ का मुकुन्दप्रसाद काफ्ले, वीरगञ्ज महानगरपालिका–२२ का इन्तयाजुल हक मन्सुरी, सोही स्थानका इन्ताज मन्सुरी, धादिङ गजुरी–४ का सन्तोषी नेपाली, पर्सा बगही–९ का रूपेश तिवारी र अर्का ठेगाना नखुलेका देवलाल कुशवाहाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

विभागले अभि टे«डर्स कलैया–७ बाराको गत मंसिर ३ गतेको बिजक नं ७१ बमोजिम प्लास्टिकको दाना बोकेको ना ७ ख ७२५ नम्बरको ट्रकमा चालक विशाल राईले विजक र प्रमाणपत्रविनाको ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौँतर्फ ल्याइरहेका बेला पक्राउ गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया