सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठद्वारा सम्पादकलाई छुरी हान्ने धम्की
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेश श्रेष्ठले आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई छुरी हान्ने धम्की दिएका छन् । अध्यक्ष श्रेष्ठले गत आइतबार कुपण्डोलमा रहेको होटल हिमालयमा बोलाएर त्यस्तो धम्की दिएका हुन् । उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल प्रेस युनियनका निवर्तमान महासचिव अजयबाबु सिवाकोटीमार्फत सम्पादक रिजाललाई होटल हिमालयमा बोलाएका थिए । केन्द्रीय सदस्य सिवाकोटीले सम्पादकलाई शुक्रबार फोन गरी श्रेष्ठले चिनापर्ची गर्न खोजेको भनेका थिए र सम्पादकले उनलाई आइतबार भेटौँला भनेका थिए ।
आइतबार फेरि केन्द्रीय सदस्य सिवाकोटीले ताकेता गरेपछि दिउँसो २ बजे होटल हिमालयमा भेट्ने सहमति भएअनुसार त्यहाँ पुगेका सम्पादक रिजाललाई अध्यक्ष श्रेष्ठले मेरो बैंकको विरुद्ध समाचार लेखेको कारण मेरो श्रीमतीले मलाई आर्थिक दैनिकको कार्यालय अगाडि पु¥याइदिनुहोस्, म त्यो समाचार लेख्ने सम्पादकलाई छुरी हान्छु भनेकी छिन् भनेर केन्द्रीय सदस्य सिवाकोटीकै अगाडि सुनाएका थिए ।
त्योसँगै सम्पादक रिजालले कार्यालयमा प्रतीक्षा गर्ने जवाफ दिएका थिए र यसअघि वन निगमका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईले पनि त्यस्तै धम्की दिएको घटना स्मरण गराएका थिए ।उनी कस्ता मान्छे हुन् ? उनले त्यस्तो के भनेको होलान् भनी भेट गराउने नेता सिवाकोटीसँग सोमबार सम्पर्क गर्दा ‘त्यस्तो भन्न हुँदैनथ्यो । तर उनले आवेशमा बोलेका होलान्’ भनी जवाफ दिएका छन् ।
निर्दलीय पञ्चायत व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहको घर परिवारका सदस्यलाई विदेश भ्रमण गराउने नाउँमा धन्दा गरेर केही धन आर्जन गरेपछि सानो स्कुलबाट व्यावसायिक यात्रा सुरु गरेका श्रेष्ठ अहिले कांग्रेसको नाउँमा धन्दा गर्ने र माओवादीका नेताहरुसँग सहकार्य गर्ने गर्दछन् ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- इ–सेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना
- आगामी बजेटले सम्बोधन गर्नुपर्ने विषयहरू
- बजेटमा कार्यक्रमभन्दा कार्यान्वयनको खोजी
- आप्रवासी श्रमिकलक्षित कार्यक्रमका लागि फिफाले ४४ करोड अमेरिकी डलरबराबरको सहयोग गर्नुपर्ने माग
- यो सिजनको पर्वतारोहण अन्तिम चरणमा
- सेनेटरी प्याडमा नेपाल गुणस्तर चिह्न लिन उद्योगीको सेटिङ
- मतगणना नसक्दै स्थानीय तहमा नयाँ कार्यविधि सार्वजनिक
- ५४ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया