काठमाडौं । नेपाली राजदूतावास, दोहा कतारमा विद्युतीय राहदानीको परीक्षण उत्पादन सफल भएको छ । परीक्षणको रूपमा नेपाली राजदूतावास, दोहामा लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी सफलता साथ उत्पादन गरिएको हो ।
विभागका अनुसार विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो । विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले आइतबारबाट बुकिङ समेत खुला गरेको छ । सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको विभागले जनाएको छ । अन्य खाडी मुलुकहरू र मलेसियामा रहेका नेपाली नियोगहरूमा विभागले विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरू पठाइसकिएको जानकारी समेत दिएको छ । उक्त सामानहरू जडान हुनासाथ केही दिनभित्रै विद्युतीय राहदानीको सेवा सुरुआत हुने विभागको भनाइ । त्यस्तै यीबाहेका अन्य मुलुकहरूमा रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने कार्य भइरहेको र केही हप्ताभित्र सेवा सञ्चालन गर्ने कार्यक्रम रहको विभागले जनाएको छ ।
नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरू र पाँचवटा इलाका प्रशासन कार्यालयहरू गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ । अन्य जिल्लाहरूमा तीनवटा प्राविधिक टोलीहरूले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालिम प्रदान गर्ने कार्य गरिरहेको विभागले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया