Techie IT
×
गृहपृष्ठसमाचारयूएई र साउदी अरेबियामा अलपत्र नेपाली श्रमिकको उद्धार

यूएई र साउदी अरेबियामा अलपत्र नेपाली श्रमिकको उद्धार


काठमाडौं । काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा यूएई गई अलपत्र परेका नेपालीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न चेतावनी दिएपछि सोही म्यानपावरले सोमबार आठ जनालाई उद्धार गरी नेपाल ल्याएको छ ।

यसरी नेपाल फर्किनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका सन्तोष चम्लागाई रहेका छन् । यूएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट सात लाख ५० हजारका दरले रकम लिएर यूएई पठाई अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले पक्राउ समेत गरेको थियो ।

यसैबीच, केही समयअघि साउदी अरेबियामा बिरामी परी अलपत्र परेका जाजरकोटका आइस रानाको साउदी अरवको जेद्धामा स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्काइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरबस्थित जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका थिए । नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो । रानासहित साउदी अरबमा अलपत्र परेका चार नेपालीलाई सोमबार स्वदेश फिर्ता गरिएको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया