गुणस्तरहीन सिमेन्ट बेच्न परिवारका सदस्यलाई उत्पादन तथा वितरण प्रमुखको जिम्मेवारी !
विराटनगर । सप्तकोशी सिमेन्टका मुख्य सञ्चालक रहेका भैरहवाका उद्योगी सुरेन्द्र गोयलले गुणस्तरहीन सिमेन्टको उत्पादन तथा बिक्री वितरणमा सहजताको लागि परिवारका सदस्यलाई नै उत्पादन तथा वितरण प्रमुखको जिम्मेवारी दिएका छन् । यसअघि उद्योगको उत्पादन तथा वितरणको मुख्य जिम्मेवारी गोयलले भान्जा आसिस जाटियालाई दिएको थिए । सञ्चालक सुरेन्द्र गोयलले अहिले भान्जा जाटियालाई जिम्मेवारीबाट मुक्त गरेर आफ्नै छोरा आसिस गोयललाई जिम्मेवारी दिएका छन् ।
स्रोतका अनुसार जाटियाले गुणस्तरहीन सिमेन्टको बिक्रीवितरणमा रोक लगाएपछि सञ्चालक गोयलले उनलाई नै कम्पनीबाट बर्खास्त गरिदिएका हुन् । सप्तकोशी सिमेन्टले गुणस्तरहीन सिमेन्टको खुलेआम दोहोरो बिलबीजक समेतको प्रयोग गरी बिक्रीवितरण गर्दै आइरहेको छ । लामो समयदेखि कम्पनीको उत्पादन र बिक्रीवितरण हेर्दै आएका जाटियालाई उद्योगको पदीय जिम्मेवारीबाट हटाएर उनले आफ्नै छोरा गोयललाई जिम्मेवारी दिएपछि राजस्व छली प्रकरण र गुणस्तरहीन उत्पादनको बहसले थप चर्चा चुलिएको छ । जाटियाले पनि सिमेन्टको प्याकिङदेखि बिक्रीवितरणमा राजस्व छली गर्न गोयललाई सहयोग गरेकै थिए । तर उक्त प्रकरण बाहिरिएपछि जाटियाले केही समय उक्त कार्य रोक्न गोयलसँग आग्रह गरेका थिए । तर गोयलले गुणस्तर विभाग तथा राजस्व अनुसन्धान विभाग दुवैतिर सेटिङ मिलाएको भन्दै अवैध धन्दालाई सञ्चालन गर्न जाटियालाई दबाब दिएका थिए । जाटियाले गोयलको कुरा नमानेपछि गोयलले आफ्नै छोरोलाई उक्त कार्यको जिम्मेवारी दिएका हुन् । मुख्य सञ्चालक गोयल हरेक तीन महिनामा भैरहवाबाट विराटनगर आएर दिनेगरेको निर्देशनअनुसार नै उद्योगले आफ्नो उत्पादन बिक्रीवितरण गर्ने गरेको छ ।
शप्तकोशी सिमेन्टले सुनसरी मोरङ र झापा जिल्लाका अधिकांश ग्रामीण बजारमा आफ्नो वर्चस्व कायम गरेको छ । अधिकांश ग्रामीण सहरमा बिक्रीका लागि पठाइएको सप्तकोशी सिमेन्टको बिलिङ प्रणाली नै नभएको र पछि कम्पनीले ग्रामीण क्षेत्रमा बजार विस्तार गरेको हो । ग्रामीण क्षेत्रमा सिमेन्टको बजार विस्तार गर्दा राजस्व छलीमा पनि सहजता हुने भएपछि कम्पनीले त्यसतर्फ अग्रसर भएको स्रोतको दाबी छ । सिमेन्ट कम्पनी र सञ्चालकले यति ठूलो मात्रामा राजस्व छली गर्दै गर्दा समेत सरकारको नियमनकारी निकाय मौन बसेको छ । उपभोक्ताले दिएको उजुरीको समेत गुणस्तर विभागले हालसम्म छानबिन गरेको छैन । स्रोतका अनुसार उद्योग सञ्चालक गोयलले मोरङका सहरमा सिमेन्ट पठाउँदा एउटा बिलबीजक प्रयोग गर्ने र ग्रामीण क्षेत्रमा उत्पादन बिक्रीका लागि अर्को बीजक पठाउने गरेका छन् । सप्तकोशी सिमेन्टका विषयमा लागेका आरोपको सत्यतथ्य बुझ्न सञ्चालक गोयलसँग पटक–पटक सम्पर्क राख्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया