‘वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेहरूलाई हदैसम्मको कारबाही’
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेहरूलाई सरकारले हदैसम्मको कारबाही गर्ने बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच हुने संयुक्त कार्यसमिति बैठकको तयारी सम्बन्धमा मंगलबार आयोजना गरेको सरोकारवालाहरूसँगको छलफलमा उनले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफू पछि नहट्ने बताए ।
वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व रहेको उनको भनाइ छ । आफूले श्रमिकको हितमा परिणाममुखी काम गर्दै आइरहेको दाबी गर्दै उनले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाहरूबाट सहयोगको अपेक्षा गरिएको बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरल, पारदर्शी र विश्वसनीय सेवा पु-याउनुपर्ने उनको भनाइ छ । नेपाल र संयुक्त अरब इमिरेट्सबीच हुने संयुक्त कार्यसमिति बैठकमा नेपालले न्यूनतम पारिश्रमिक वृद्धि, सीप विकासमा लगानी, पुनः एकीकरण तथा पुनस्र्थापना कार्यक्रम सञ्चालनजस्ता विषयलाई प्राथमिकता दिने मन्त्री श्रेष्ठले बताए । कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारी क्षेत्रका कमीकमजोरी सुधार्न मन्त्रालयको नेतृत्व गम्भीर भएर लागेको बताएका थिए । नेपालले सातवटै प्रदेशमा सञ्चालन गर्ने सीप विकास तालिम केन्द्रमा लगानी, श्रमिकको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा योजनामा सहभागिता, न्यूनतम पारिश्रमिक वृद्धिलगायत एजेन्डा नेपालले प्रस्तुत गर्ने अर्यालले बताए ।
कार्यक्रमका सहभागीहरूले यूएईमा रहेका नेपाली श्रमिकको न्यूूनतम पारिश्रमिक वृद्धि, सुरक्षित कार्य वातावरण तथा न्याय र सूचनामा सहज पहुँच सुनिश्चित गर्ने विषयलाई नेपालले प्राथमिकता दिनुपर्ने बताएका थिए । नेपाल र संयुक्त अरब इमिरेट्सबीच भएको श्रम समझदारी कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमितिको बैठक यूएईमा हुँदै छ । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई जाँदै छ । सोही क्रममा नेपाल–यूएई संयुक्त कार्यसमितिको बैठक पनि आयोजना हुनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया