सम्पादकलाई धम्कीप्रति पत्रकार महासंघको आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले शाखा सदस्य तथा केन्द्रीय पार्षद एवं आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजालमाथि प्रकाशित समाचारको विषयलाई लिएर आएको भौतिक आक्रमणको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ काठमाडौं शाखाका सचिव महेश्वर गौतमले बुधबार विज्ञप्ति जारी गर्दै समाचारकै निहुँमा भौतिक आक्रमणको धम्की दिइएकोमा आपत्ति जनाएका हुन् । सम्पादक रिजाललाई आर्थिक दैनिकमा प्रकाशित समाचारलाई लिएर सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठले गत आइतबार ललितपुरको होटल हिमालयमा बोलाएर छुरी हान्ने धम्की दिएका थिए ।
‘प्रकाशित समाचाराको विषयमा चित्त नबुझे त्यसउपर कानुनी उपचार खोज्ने निकाय र प्रशस्त बाटो हुँदाहुँदै पत्रकारलाई धम्क्याउने कार्य प्रेस स्वतन्त्रताविरोधी र ठाडो हस्तक्षेप हो’, काठमाडौं शाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सो कार्यको शाखाले घोर भर्त्सना गरेको छ । साथै धम्की दिने श्रेष्ठलाई तत्काल कानुनी दायरामा ल्याई प्रेस स्वतन्त्रताको सुरक्षाको ग्यारेन्टी गर्न सम्बद्ध निकायसँग माग समेत गरिएको छ । यसअघि नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले पनि सो धम्कीको भर्त्सना गरेको थियो ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया