Techie IT
×
गृहपृष्ठbreakingएमसीसी पास गर्ने खेल

एमसीसी पास गर्ने खेल


काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्न राजनीतिक दलहरुले ठोस निर्णय नलिए पनि मध्यमार्गी बाटो अपनाएर पास गर्ने तयारी गरेका छन् ।

समाचार स्रोतहरुले दिएको जानकारी अनुसार बिहीबार अमेरिकी सहायकमन्त्री डोनाल्ड लुले नेपालका नेताहरुलाई फोन गरेपछि एमसीसी पास गर्ने बारेमा नेताहरु दबाबमा परेका छन् । अमेरिकी सहायकमन्त्रीले फोन गरेकै दिन नेपाली काँग्रेसले एमसीसी पास गर्नुपर्ने निर्णय गरेको छ भने एमालेले २ गतेको संसद बैठकको दिन आफ्नो दलको कार्यक्रम परेको कारण सार्न भनेको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसद्मा टेबुल गर्ने पक्षमा देखिएपछि एमाले उपस्थित नभए पनि टेबुल हुने तथा संसद बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेता संसदमा मौन बसेर उपस्थित संख्याको बहुमतले पास गर्ने योजना रहेको स्रोतको दाबी छ ।

जसपाको बाबुराम भट्टराई पक्ष एमसीसीको पक्षमा उभिने उपेन्द्र यादव पक्ष पक्ष र विपक्ष कतै पनि नलाग्ने देखिएको छ । यद्यपि राजनीतिक दलहरुले दुई दिनभित्रमा नयाँ तरिकाले आफूलाई उभ्याउने खेल हुने सम्भावना पनि छ ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया