विराटनगर भन्सारमा दस्तुरी असुलीका लागि अधिकृतद्वारा सांकेतिक भाषाको प्रयोग
विराटनगर । चालू आर्थिक वर्ष ०७८/०७९ को लक्ष्यअनुसारको राजस्व संकलन गर्न विराटनगर भन्सार कार्यालयलाई हम्मेहम्मे भएको अवस्थामा भन्सार कर्मचारीबाट दस्तुरी असुलीलाई तीव्रता दिएको पाइएको छ ।
भारतको बथनाहा नजिकै रहेको मिरगञ्ज पुल भास्सिएपछि विराटनगर भन्सार कार्यालयले संकलन गर्ने राजस्वमा व्यापक कमी भएको थियो । औद्योगिक कच्चा पदार्थ बोकेर आएका मालबाहक गाडीहरू कोशी ब्यारेजमा रहेको सेतुबन्ध भन्सार नाका भएर विराटनगर आउने हुँदा अधिकांश उद्योगले आफ्नो उत्पादन नै कटौती गरिरहेको अवस्थामा पनि जेनतेन विराटनगर भन्सार आएका गाडीलाई लक्षित गरी भन्सार अधिकृतले नै दस्तुरी असुलीलाई तीव्रता दिएको भन्सार क्लियरिङमा संमलग्न भन्सार एजेन्टले गुनासो गर्न थालेका छन् ।
भारतको बथनाहामा रहेको मिरगञ्ज पुल भास्सिएपछि पछिल्लो समय दैनिक चारदेखि पाँच करोड रूपैयाँ मात्र विराटनगर भन्सारले आफ्नो राजस्व संकलन गर्न सकेको अवस्था हुँदा समेत भन्सार अधिकृत आफैँ दस्तुरी असुलीमा सक्रिय भएको गुनासो भन्सार एजेन्टहरूले गर्न थालेका हुन् ।
भारततर्फ रहेको मिरगञ्ज पुल गत पुसदेखि नै भारत सरकारले बन्द गरेपछि प्रत्यक्ष रूपमा विराटनगर भन्सारको राजस्व संकलन प्रभावित बन्न पुगेको थियो । उक्त पुलको विकल्पका रूपमा भारत सरकारले सुनसरीको कोशी ब्यारेजमा रहेको सेतुबन्ध भन्सार नाकाबाट मालबाहक गाडी आउजाउ गर्न दिएपछि मात्र विराटनगर भन्सारले केही राजस्व संकलन गर्न थालेको हो । यसरी जेनतेन गरी विराटनगर भन्सारको आईसीपी आएका मालबाहक गाडीको जाँचपास गर्दा समेत भन्सार अधिकृत निर्माण भट्टराईले दस्तुरी असुलीलाई तीव्रता दिएको कुरा भन्सारस्रोतले नै जानकारी दिएको हो । अहिले भन्सार अधिकृत भट्टराईले भन्सारमा भन्सार एजेन्टलाई नै दुई भागमा विभाजित गरेर माल सामानको जाँचपास गर्ने व्यवस्था मिलाएको कुरा स्रोतले जानकारी दिएको हो ।
भन्सार अधिकृत भट्टराईले एफओसी र पीओसी भन्दै भन्सार प्रज्ञापनपत्रमा लेबल लगाएर दस्तुरी असुलीलाई तीव्रता दिएको रहस्य पनि स्रोतले खोलेको हो । एफओसी अर्थात् फ्रि अफ चार्ज र पीओसी अर्थात् पेमेन्ट अफ चार्ज भन्दै दोहोरो भूमिका बनाएर भन्सार जाँचपास गर्ने गरेको रहस्य भन्सार एजेन्ट स्रोतले बताएको हो । विराटनगर भन्सारमा सरुवा भएर आएदेखि नै विवादित बनेका भन्सार अधिकृत निर्माण भट्टराई पछिल्लो समय भन्सारमा हुनेगरेको एफओसी र पीओसी दस्तुरी प्रकरणको कोड भाषा प्रकरणमा समेत तानिएपछि उनी लामो समयदेखि विराटनगर भन्सारमा विवादित बन्दै आएको कुरा जानकारहरूले बताएका हुन् ।
तत्कालीन विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत शिव भण्डारीको सेटिङमा एकछत्र बनाएर काम गरेका अधिकृत भट्टराई करिब पाँच महिनाअघि विराटनगर भन्सारको प्रमुखमा बहाली भएका तारा सापकोटाले भट्टराईको सेटिङ छताछुल्ल बनाइदिएपछि तिलमीलाएका भन्सार अधिकृत भट्टराईले पछिल्लो समय कोडभाषा प्रयोग गर्दै दस्तुरी असुलीलाई व्यापक तीव्रता दिएको रहस्य पनि स्रोतहरूले खोलेका हुन् ।
विराटनगर भन्सारमा सीमित भन्सार एजेन्टमार्फत सेटिङ गरी औद्योगिक कच्चापदार्थ बोकेका कन्टेनरमा कुनै सेटिङ नहुने देखेपछि औद्योगिक कच्चा पदार्थ बोकेका कन्टेनरलाई लक्षित गरी अधिकृत भट्टराईले दुःख दिने गरेको कुरा आफनो नाम उल्लेख नगर्ने सर्तमा सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले समेत जानकारी दिएका छन् । यस विषयमा बुझ्नका लागि अधिकृत भट्टराईसँग पटक–पटक सम्पर्क गर्दा पनि उनीसँग सम्पर्क भने हुन सकेन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया