Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविपन्न वर्गमा बैंकहरुले कर्जा लगानी बढाए

विपन्न वर्गमा बैंकहरुले कर्जा लगानी बढाए


सुरेश राउत
काठमाडौं, माघ २६
विपन्न वर्ग क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरुले कर्जा लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले ३० खर्ब ८९ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेकोमा त्यसको छ दशमलव ७२ प्रतिशत अर्थात् एक खर्ब ८९ अर्ब ९१ करोड १० लाख रुपैयाँ कर्जा विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेका छन् ।

गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो कुुल कर्जाको छ दशमलव ६३ प्रतिसत कर्जा विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेका थिए । उक्त अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतले कुुल २६ खर्ब ६५ अर्ब २८ करोड रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेकोमा विपन्न वर्गमा मात्र प्रवाह गरेको कर्जा रकम एक खर्ब ४९ अर्ब ६६ करोड १६ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो पाँच महिना अवधिमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले मात्र आफ्नो कुल कर्जाको छ दशमलव २४ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले २६ खर्ब ७० अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा विपन्न वर्गमा मात्र प्रवाह भएको कर्जा रकम एक खर्ब ५३ अर्ब एक करोड ५० लाख रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुले २३ खर्ब ११ अर्ब २७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको छ दशमलव ३१ प्रतिशत अर्थात् एक खर्ब २१ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार विकास बैंकहरुले भने आफ्नो कुुल कर्जाको १० दशमलव २६ प्रतिशत कर्जा विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेका छन् । चालू आवको पछिल्लो पाँच महिनामा सञ्चालनमा रहेका २४ वटा विकास बैंकहरुले तीन खर्ब ४३ अर्ब ४० करोढ ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा विपन्न वर्गमा मात्र ३१ अर्ब ३७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने विकास बैंकहरुले दुुई खर्ब ९१ अर्ब २८ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको नौ दशमलव ३७ प्रतिशत अर्थात् २४ अर्ब ४८ करोड नौ लाख ८० हजार रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।

सञ्चालनमा रहेका २२ वटा फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो पाँच महिनामा विपन्न वर्ग क्षेत्रमा मात्र पाँच अर्ब ५२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो कर्जा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुुल कर्जा रकमको आठ दशमलव ५६ प्रतिशत हो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा फाइनान्सहरुले ७२ अर्ब २२ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा फाइनान्सहरुले ६१ अर्ब २८ करोड ५६ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको छ दशमलव १२ प्रतिशत अर्थात् तीन अर्ब २६ करोड ३५ लाख ४० हजार रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले पुुनः १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने :- नेपाल राष्ट्र बैंकले यही माघ २७ गते सोमबार पुुनः १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति माघ २८ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । ९१ दिने उक्त ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ वैशाख ३० गते तोकिएको छ । यसअघि यही माघ २० गते पनि राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया