Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसीईओ क्लब ग्लोबल र कतार एयरवेजबीच सम्झौता

सीईओ क्लब ग्लोबल र कतार एयरवेजबीच सम्झौता


काठमाडौं । सीईओ क्लब ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच साझेदारी सम्झौता सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बीच सीईओ क्लब ग्लोबल नेपाल चेप्टर र कतार एयरवेजबीच सम्झौता भएको हो ।

कार्यक्रममा कतार एयरवेजका तर्फबाट सरिक बोगटी र सीईओ क्लब ग्लोबल नेपाल च्याप्टरका तर्फबाट डा. शम्भु पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता भएबाट अबदेखि सीईओ क्लब ग्लोबलका सदस्यहरुले कतार एयरवेजको फेयरमा १० प्रतिशत छुट पाउने भएका छन् भने कतार एयरवेजले पनि सीईओ क्लब ग्लोबलका सदस्य रहेका नेपालका उत्कृष्ट यात्रीहरुलाई सेवा दिन पाउने भएको छ । सीईओ क्लब ग्लोबल अमेरिकाको न्युयोर्कमा हेडक्वार्टर रहेको र सयभन्दा बढी देशमा नेटवर्क रहेको संस्था हो । विशेषतः सदस्यहरुलाई विशिष्टीकृत सेवा दिने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका सम्बन्ध स्थापित गराइदिने काम सीईओ क्लब ग्लोबलले गर्दछ ।

यस क्लबमा हाल विश्वभर १० हजारभन्दा बढी सदस्य रहेका छन् । आमन्त्रणबाट मात्रै सदस्यता पाउने र निजी क्षेत्रको हकमा एक मिलियन डलर (करिब १२ करोड रुपैयाँ) बराबरको कारोबार भएका व्यक्ति वा कम्पनीले मात्रै सीईओ क्लब ग्लोबलको सदस्यता पाउने व्यवस्था छ । सीईओ क्लब ग्लोबलमा सदस्यताका लागि पाँच हजार अमेरिकी डलरदेखि दुई लाख अमेरिकी डलरसम्मको विभिन्न तहका सदस्यताहरुको व्यवस्था छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया