नयाँ सारथि लघुवित्त वित्तीय संस्था अनियमितता प्रकरण
नक्कली ऋणीको नाममा कर्जा निकाली ठगी गर्ने व्यक्तिहरू कारबाहीमा
काठमाडौं । नक्कली ऋणीको नाममा कर्जा निकाली लघुवित्त ठगी गर्ने व्यक्तिहरू कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नयाँ सारथि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, बढनिहार पर्सा– संस्थाको रकम हिनामिना गर्ने कार्यमा संलग्न रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने ४१ वर्षीय भोजेन्द्र ठाकुर लोहार (संस्थाका शाखा प्रबन्धक), पर्सा, पर्सागढी नगरपालिका वडा नं. ७ बस्ने २४ वर्षीय गेनालाल पटेल (संस्थाका कर्मचारी), पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. २७ बस्ने २६ वर्षीय प्रदीप कुमार पटेल (संस्थाको कर्मचारी), पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. २७ बस्ने २४ वर्षीय शेषनाथ कुशवाहा पक्राउ परेकोमा अदालतको आदेशअनुसार उनीहरु कारबाहीमा परेका छन् । प्रहरीका अनुसार घटनाको प्रमुख कारण आर्थिक प्रलोभन रहेको देखिएको छ । यस प्रकरणमा हालसम्म सात जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार यस प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, पर्साबाट मुद्दा नचल्ने निर्णय भई छुटेको संख्या भने तीन जना रहेको छ भने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जबाट पुर्पक्ष र धरौटी कारबाही भएको संख्या चार जना रहेको छ । सोमध्ये भोजेन्द्र ठाकुर लोहार, गेनालाल पटेल, प्रदीप कुमार पटेल र शेषनाथ कुशवाहामाथि भने कारबाही भएको छ ।
प्रहरीका अनुसार २०७८ मंसिर २४ गते जिल्ला काभ्रे धुलिखेल नगरपालिका वडा नं. ३ मा रहेको नयाँ सारथि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट जाहेरी दरखास्त प्राप्त भएको थियो । उक्त जाहेरी दरखास्तमा सो संस्थाको बढनिहार शाखामा २०७४ पुस २० गतेदेखि शाखा प्रबन्धकमा कार्यरत भोजेन्द्र ठाकुर लोहारले अन्य कर्मचारीहरूको सहयोग लिई विभिन्न मितिमा तीन सय आठ जना बचतकर्ता सदस्यहरूको जानकारीविना निजहरूको नामको नक्कली ऋण आवेदन र अन्य नक्कली कागजात तयार गरी ऋण स्वीकृत गरी आफैँले निकाली जम्मा पाँच करोड ३४ लाख ५५ हजार चार सय ७९ तीन पैसा हिनामिना गरेको भनी उल्लेख रहेको छ ।
सो अनुरुप २०७८ मंसिर २४ गते निज भोजेन्द्र ठाकुर लोहारलाई र तत्पश्चात् विभिन्न मितिमा अन्य छ जना व्यक्ति पक्राउ गरी अनुसन्धान हुँदा निज भोजेन्द्रले माथि उल्लिखित अन्य तीन जना कर्मचारीहरूसमेतको मिलेमतोमा नक्कली ऋणी खडा गरी कीर्ते सहीछाप र नक्कली कागजात तयार गरी प्रवाह गरेको ऋण रकम, १५ जना बचतकर्ताको बचत रकम र कर्जाको ब्याजबापतको रकम समेत गरी जम्मा पाँच करोड ५७ लाख ४२ हजार दुई सय ७४ रुपैयाँ हिनामिना गरी संस्थालाई हानि/नोक्सानी पु-याएको खुल्न आएको छ । अनुसन्धानपश्चात् मानिस र मिसिल जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा पेश हुँदा २०७८ माघ २६ गतेको उक्त कार्यालयको निर्णयले तीन जना व्यक्तिमाथि मुद्दा नचल्ने निर्णय भई छुटेका छन् ।
अन्य चार जना (माथि उल्लिखित) विरूद्धको अभियोगपत्र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा पेश हुँदा २०७८ फागुन २ गतेको आदेशअनुसार निज भोजेन्द्र ठाकुर लोहार पुर्पक्षको लागि कारागार गएको, अन्य तीन जनालाई जनही एक–एक करोड धरौटी तोकिएकोमा निजहरूले धरौटी बुझाउन नसकेकोले कारागार चलान भएको जिप्रका पर्साले जानकारी दिएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया