धितोपत्र बोर्डले पायो नेतृत्व, अध्यक्षमा हमाल
काठमाडौं । लामो समय कार्यकारी प्रमुखविहीन भएको नेपाल धितोपत्र बोर्डले अन्ततः नेतृत्व पाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले रमेश हमाललाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
यसअघि भने बोर्डको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक भीष्मराज ढुंगाना रहेका थिए । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा ढुंगाना मुछिएसँगै सरकारले उनलाई स्पष्टीकरण सोधेको थियो । सो क्रममा चित्तबुझ्दो जवाफ नआएपछि सरकारको इच्छाअनुसार नै ढुंगानाले पदबाट राजीनामा दिएर नयाँ अध्यक्षको लागि बाटो खुल्ला गरिदिएका थिए । सोपश्चात् पनि निकै लामो समय बोर्ड नेतृत्वविहीनको अवस्थामा थियो ।
तर बिहीबार सरकारले बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गरेसँगै बोर्र्डले कार्यकारी प्रमुख पाएको छ । बोर्डको अध्यक्षको लागि अर्थ मन्त्रालय मातहत रहने गरी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समिति गठन भएकोमा उक्त समितिले हमालसहित नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम सिफारिस गरेका थिए । सोही आधारमा हमाल बोर्डको अध्यक्षमा नियुक्त भएका हुन् ।
नवनियुक्त अध्यक्ष हमालले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका छन् भने झण्डै आठ वर्ष नेपाल विद्युत् प्राधिकरणमा काम गरेको अनुभव छ । त्यसपछि पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न थाइल्याण्डको बैंकक पुगेका हमालले बैंककबाटै इन्टरनेशनल बिजनेस एण्ड फाइनान्समा स्नातकोत्तर गरेका छन् ।
सन् २००७ देखि २०१० सम्म गैरआवासीय नेपाली संघ (एनआरएनए), थाइल्याण्डको अध्यक्ष भएका थिए । उनले थाई–नेपाल चेम्बर अफ कमर्समा पूर्वउपाध्यक्ष समेत भई छ वर्ष काम गरेका थिए । उनीसँग संयुक्त राष्ट्रसंघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सल्टेन्सी एण्ड रियलस्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफ अपरेटिङ अफिसर भएर काम गरेको लगायतका दर्जनौैँ संस्थामा अनुभव छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया