Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एफपीयु टोलीको विदाइ

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एफपीयु टोलीको विदाइ


काठमाडौं, माघ २६
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फर्म्ड पुलिस युनिट (एफपीयू)को रुपमा कार्य गर्न त्यसतर्फ खटिई जानलागेको एक टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहबीच हार्दिक विदाइ गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्तिस्थापनार्थ खटिदा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्र र संगठनको प्रतिनिधित्व गर्ने हुनाले त्यसठाउँमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै अनुशासित र ईमान्दारिताका साथ उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन दिए ।

उनले मिशन ईलाकामा रहँदा त्यहाँको भाषा संस्कृति, रहनसहन र परिवेश फरक हुने हुनाले सुरक्षाकर्मीहरु थप सतर्क र चनाखो भई जिम्मेवारी निर्वाहमा कृयाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै खटिई जाने टोलीले मानव अधिकारको उच्च सम्मान गर्दै, भ्रष्टाचार तथा लैंगिक हिंसामा शून्य सहनशीलताको नीतिको पूर्ण पालना गर्दै राष्ट्र र संगठनको प्रतिष्ठा बढाउन दत्तचित्त भएर कार्यसम्पादनमा जुट्नु पर्ने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसतर्फ खटिँई जान लागेको सो टोलीले विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय र सहकार्य गरी चेन अफ कमाण्ड र फौजी संस्कारमा रहेर पूर्ण व्यवसायीकताका साथ प्राप्त जिम्मेवारी र उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिए । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कुमार न्यौपानेको कमाण्डमा एफपीयुको रुपमा साउथ सुडानको जुबामा खटिई जान लागेको सो टोलीमा २० जना अधिकृतसहित कूल १८० जना रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया