Techie IT
×
गृहपृष्ठसमाचारनेपाली उत्पादनलाई विश्वबजारमा लैजान एडीबीसंग थप साझेदारी

नेपाली उत्पादनलाई विश्वबजारमा लैजान एडीबीसंग थप साझेदारी


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापकरूपमा लैजान एसियाली विकास बैंक (एडीबी)सँग नेपालले थप साझेदारी गर्नुपर्नेमा जोड दिएका छन् । एडीबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग शुक्रबार भुर्चुअल माध्यमबाट भएको छलफलमा उनले नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेकाले एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ’, उनले भने, ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्वबजार श्रृंखलामा पु¥याउन पनि एडीबीसँगको हाम्रो सहकार्य आवश्यक रहेको छ ।’ यस्तै उनले अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई न्यूनीकरण गर्ने कुराहरूमा पनि थप जोड दिन आवश्यक रहेको औँल्याए ।

अर्थतन्त्र तथा व्यापारका सूचकाङ्कलाई सुधार गर्न जरुरी रहेको मन्त्री शर्माको भनाइ छ । त्यसका लागि लगानीमैत्री वातावारण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवं उत्साहित बनाउनुपर्ने उनले बताए । छलफलमा उनले एडीबीले कोभिड महामारीलाई नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई सुधार गर्न पु-याएको सहयोगप्रति बैंकलाई धन्यवाद दिँद कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्नुपर्ने बाँकी रहेकोले त्यसमा पनि थप सहकार्य नेपाललाई आवश्यक रहेको बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया