मिटरब्याजीले पक्राउ गरे ग्रिनलाइनका अमित अग्रवाललाई
काठमाडौं । मिटरब्याजीलाई पैसा तिर्न नसकेर भागेका ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । स्रोतका अनुसार मिटरब्याजीहरूले पैसा नतिरेको भनेर उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
राजधानीको दरबारमार्गमा विगत २२ वर्षदेखि ग्रिनलाइन सेन्टरको नाममा विभिन्न देशका महंगा मदिराहरूको व्यापार गर्दै आएका अग्रवाल गत पुस २२ गतेदेखि परिवारसहित सम्पर्कविहीन भएका थिए । अग्रवाल केही दिनअगाडि सार्वजनिक भएका थिए ।
अग्रवाललाई पक्राउपछि टेकु प्रहरीको हिरासतमा राखिएको छ । गत वर्ष आर्मीको भुक्तानीमा कीर्ते गरेको आरोपमा पक्राउ परेका सञ्जय अधिकारी र असिम राणाको उजुरीमा अग्रवाललाई पक्राउ गरिएको हो ।
अग्रवालले मिटरब्याजमा लिएको करिब ८० लाखभन्दा बढी रुपैयाँ अधिकारी, राणालगायतलाई तिर्न बाँकी छ । योबाहेक अग्रवाललाई मिटरब्याजमा पूर्वप्रहरी अधिकृत दिपक रञ्जित, सुनिल श्रेष्ठलगायतले २५ करोड दिएका थिए ।
अग्रवालले मिटरब्याजमा लिएको २५ करोडमा अहिलेको सरकारी बहालवाला उच्च प्रहरी अधिकारीहरूको समेत पैसा लगानी भएका कारण उनलाई पक्राउ गर्न दबाब पर्दै आएको स्रोतको दाबी छ ।
अधिकारी र राणाको उजुरीमा अग्रवाल पक्राउ परेपछि सुनिल श्रेष्ठ, दिपक रञ्जितलगायतका व्यक्तिहरू पनि मौका छोपेर अग्रवालको सम्पत्ति कब्जा गर्न दौडिरहेका छन् । कुनै समय अग्रवालका नजिकका साथीहरूमध्ये यिनीहरू नै थिए । उनीसँग भौतिक सम्पत्ति प्रशस्त रहेको कारण त्यही सम्पत्ति कब्जा गर्न उनीहरूले मौकाको फाइदा उठाउन लागेको स्रोतको दाबी छ ।
ठूलो मात्रामा मिटरब्याज र बैंकको पैसा लिएर सपरिवार सम्पर्कविहीन भएपछि बैंकहरूले गरेको लगानीको विषयमा राष्ट्र बैंकले समेत फाइल मगाएर अध्ययन गरेको थियो । नेपालबाट अर्बौँ रुपैयाँ पैसा उठाएर अग्रवाल सपरिवार भागेको समाचारहरू आएपछि अग्रवाल परिवार सम्पर्कमा आएको थियो ।
बैंकको ब्याज र अरु व्यक्तिहरूलाई ब्याज तिर्न समस्या भएको मिटरब्याजीहरूले विभिन्न फन्दामा पारी आफ्नो सम्पत्ति सिध्याउन खोजेको लगायतका आरोपपत्र घरमा छोडेर भागेको अग्रवाल परिवारले भारत पुगेलगत्तै कोभिड भएर सम्पर्कमा आउन नसकेको बताएको थियो ।
समाचार स्रोतका अनुसार पछिल्लो समय अग्रवाल हुण्डीको ठूलो कारोबार समेत गर्दै आएका थिए । उनले खासगरी नेपालमा काम गरेर भारत पैसा पठाउनेहरूसँग पैसा जम्मा गरी नेपालमा लिने र भारतमा उनीहरूले चाहेको व्यक्तिलाई भुक्तानी दिने गर्दथे ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया