उत्पत्तिको प्रमाणपत्रसम्बन्धी तालिम आयोजना
काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघले भन्सार विभाग तथा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा नेपाल राष्ट्रिय एकद्वार प्रणालीअन्तर्गत उत्पत्तिको प्रमाण पत्र जारी गर्ने अनलाइन प्रणाली सम्बन्धी एक दिने तालिमको आयोजना गरेको छ । नेपालमा उत्पादित वस्तुहरु तेस्रो मुलुक, साफ्टा एवं साप्टाअन्तर्गतका मुलुकलगायत भारत निकासी गर्दा उत्पत्तिको प्रमाणपत्र जारी गर्नुपर्दछ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उप निर्देशक विष्णु अधिकारीले विद्युतीय प्रणालीबाट उत्पत्तिको प्रमाणपत्र जारी हुँदा व्यवसायीहरुलाई तुलनात्मक रुपमा सहज हुने र नेपाल सरकारले यो प्रणाली व्यवहारमा लागू गरिसकेको हुँदा सबैले यसलाई प्रयोग गर्नु पर्नेमा जोड दिए । यस्तै तालिममा संघकी वरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबन्जाले दिगो पर्यटन, निर्यातमुखी हस्तकला र व्यवसायिक कृषिको प्रवद्र्धनमा संघले विशेष ध्यान दिँदै आएको बताइन् । भक्तपुर जिल्लाका उत्पादनहरुलाई विश्व बजारसम्म पु-याउन सघाउनु सबैको दायित्व रहेको उनको भनाई थियो ।
साथै विद्युतीय माध्यमबाट उत्पत्तिको प्रमाण पत्र जारी गर्दा समयको बचत हुनुको साथै प्रभावकारी समेत हुने भएकोले यो प्रणाली एकदम उपयोगी हुने उनले बताइन् । कार्यक्रममा संघका महासचिव दिनेश गोसाइ, संघका कार्य समिति सदस्य एवं हस्तकला विकास तथा निर्यात प्रवद्र्धन उपसमितिका संयोजक लब्साङ्ग लामालगायतले आगामी दिनमा पनि अरु व्यवसायीहरुलाई यस किसिमको तालिमको आवश्यकता परेको खण्डमा पुनः आयोजना गर्दै जाने बताए । कार्यक्रममा भन्सार विभागका अधिकृत ईश्वर सिंह र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ अधिकृत मिलव श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया