दुई खर्ब ६० अर्ब सात करोडबराबरको भारतीय रुपैयाँ खरिद
बैंक तथा फाइनान्स कम्पनीहरूको अन्तरबैंक कारोबार रकम १८ खर्ब ३९ अर्ब नाघ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिनामा दुई खर्ब ६० अर्ब सात करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुई अर्ब चार करोड बिक्री गरी दुई खर्ब ४१ अर्र्ब ३१ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
यसैगरी चालू आवको छ महिनामा वाणिज्य बैंकहरुको १६ खर्ब २६ अर्ब चार करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को दुई खर्ब १३ अर्ब ५० करोड गरी कुल १८ खर्ब ३९ अर्ब ५४ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको एक खर्ब ८९ अर्ब १८ करोड र अन्य वित्तीय संस्थाहरुको एक खर्ब एक अर्ब ६० करोड गरी कुल दुई खर्ब ९० अर्ब ७८ करोड अन्तरबैंक कारोबार भएको थियो ।
यस्तै, राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा ६० अर्ब रुपैयाँबराबरको तरलता प्रशोचन गरेको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ को छ महिनामा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ८९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत एक खर्ब ५१ अर्ब ८० करोड गरी कुल दुई खर्ब ४१ अर्ब ३४ करोड तरलता प्रशोचन भएको भएको राष्ट्र बैंकको भनाइ छ । चालू आवको छ महिनामा रिपोमार्फत तीन खर्ब २३ अर्ब ८५ करोड, सोझै खरिद उपकरणमार्फत २७ अर्ब २२ करोड र स्थायी तरलता सुविधामार्फत ३० खर्ब १५ अर्ब ८९ करोड गरी कुल ३३ खर्ब ६६ अर्ब ९६ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) मा अमेरिकी डलर ६६ करोड ७४ लाख खुद खरिद गरी ८० अर्ब २६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब १२ करोड खुद खरिद गरी दुई खर्ब ५१ अर्ब दुई करोड तरलता प्रवाह गरिएको थियो ।
सोही आधारमा २०७७ पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर शून्य दशमलव ८७ प्रतिशत रहेकोमा २०७८ पुसमा पाँच दशमलव शून्य सात प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ पुसमा शून्य दशमलव १४ प्रतिशत रहेकोमा २०७८ पुसमा चार दशमलव ७६ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने भारित औसत अन्तर–बैंक (बैंक तथा वित्तीय संस्था) ब्याजदर २०७८ पुसमा चार दशमलव ७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर शून्य दशमलव १८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ पुसमा सात दशमलव १८ प्रतिशत रहेकोमा २०७८ पुसमा आठ दशमलव ४२ प्रतिशत कायम भएको छ । २०७८ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ३७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर नौ दशमलव ४४ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ५.० प्रतिशत र नौ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया