Techie IT
×
गृहपृष्ठसमाचारराजस्व तिर्न बाँकी हेलिकोप्टरहरूको छानबिन गर्न समिति गठन

राजस्व तिर्न बाँकी हेलिकोप्टरहरूको छानबिन गर्न समिति गठन


सोलुखुम्बु । गरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले हेलिकोप्टरहरूले राजस्व तिर्न बाँकी रहेको विषयमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । निकुञ्ज क्षेत्रमा उडान गर्ने हेलिकोप्टरहरूले तोकिएको राजस्व छल्ने क्रम बढेसँगै निकुञ्जले छानबिन समिति गठन गरेको हो ।

छानबिनका लागि सहायक संरक्षण अधिकृत मनोज कुमार मण्डलको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरेको प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए । उनले भने, ‘समितिले राजस्व असुल गर्न बाँकी रहेको हेलिकोप्टर कम्पनीहरूको सूची तयार गर्ने, उनीहरूलाई टेलिफोन गरी ताकेता गर्नेजस्ता कामहरू गर्नेछ ।’ समितिले फागुन १३ गतेभित्रमा अध्ययन र छानबिन गरेर कार्यालयलाई प्रतिवेदन पेस गर्नेे उनले बताए ।

सगरमाथा राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा उडान गर्ने हेलिकोप्टरलाई प्रतिपटक तीन हजार रूपैयाँ र नेपाली पाइलटलाई एक सय रूपैयाँ, सार्क मुलुकका पाइलटलाई एक हजार पाँच सय तथा अन्य मुलुककालाई तीन हजार रूपैयाँ शुल्क लिनेगरेको छ । निकुञ्जले यसअघि हेलिकोप्टर अवतरण शुल्क मात्रै लिँदै आएको भए पनि गत वैशाख २८ बाट पाइलटलाई पनि शुल्क लिन थालेको छ । तर हाल एक करोड रूपैयाँभन्दा बढी राजस्व हेलिकप्टोर कम्पनीहरूले निकुञ्जलाई राजस्व तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ । जसका कारण करोडभन्दा बढी रकम निकुञ्जको बेरुजु देखिएकाले रकम उठाउन ताकेता गरेको जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया