बचतकर्ताहरूको छ करोड ठगी गर्ने सहकारीका सञ्चालक पक्राउ
काठमाडौं । बचतकर्ताहरूको छ करोड २५ लाख रुपैयाँ ठगी गर्ने सहकारीका दुई जना सञ्चालन पक्राउ परेका छन् । केन्द्र्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँको पुरानो बानेश्वरमा रहेको भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष र उपाध्यक्षलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका वडा नं ३० का ४२ वर्षीय सुरज बस्नेत र काठमाडौँको पकानाजोलका ५७ वर्षीय शिवनाथ पाण्डे रहेका छन् । उनीहरूलाई गत फागुन ४ गते काठमाडौँबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं सूचना अधिकृत प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । अध्यक्ष बस्नेतलाई काठमाडौँको अनामनगरबाट र पाण्डेलाई पकनाजोलबाट पक्राउ गरिएको उनको भनाइ छ ।
सहकारी संस्थाका निक्षेपकर्ता सदस्यहरूले उक्त संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम सञ्चालकहरूले हिनामिना गरी आफूखुसी सहकारी संस्थाको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तहरूको नाउँमा राखेका थिए । उनीहरूले १५ जना निक्षेपकर्ताहरूको छ करोड २५ लाख रुपैयाँ रकम दुरुपयोग गरेको र भुक्तानी फिर्ता माग्दा समेत नदिई सहकारी संस्थामा ताला लगाई लगाएर हिँडेका थिए । संस्थामा ताला लगाएर सहकारी सञ्चालक फरार भएपछि बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । साथै अन्य बचतकर्ताहरूले उक्त सहकारीबाट निक्षेप तथा ब्याज रकम नपाई कानुनी कारबाही गर्नुपर्ने भएमा सीआईबीमा सम्पर्क राख्न पनि प्रवक्ता महतोले आग्रह गरेका छन् ।
बैंकिङ कसुर मुद्धाका फरार अभियुक्त पक्राउ
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार तारकेश्वर नगरपालिका–१० मनमैजुमा श्रृष्टी प्रफुल सप्लायर्स संचालन गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–८ घर भएका ४३ वर्षीय राम प्रसाद पाण्डेलाई सोमबार पक्राउ गरिएको हो ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत माघ २ गतेको फैसलाले पाँच दिन कैद र २२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई सिआईबीको टोलिले नेपालटार काठमाडौंबाट पक्राउ गरेको हो । पाण्डेले एनआइसी बैंक लिमिटेडमा रहेको उनको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी चेक दिएको र रकम भुक्तान हुन नसकेको ठहर गर्दे अदालतले उनी विरुद्ध २२ लाख रुपैयाँ जरिवाना तिर्न फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि मंगलबार जिल्ला अदालत ललितपुरमा पेश गरिएको सिआईबीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया