Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशमा रहेका मुक्तहलिया र वादी समुदायको स्थलगत निरीक्षण

सुदूरपश्चिम प्रदेशमा रहेका मुक्तहलिया र वादी समुदायको स्थलगत निरीक्षण


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्तहलिया र वादी समुदायको स्थलगत निरीक्षण गरेकी छिन् । स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा आयोजित भूमि शासन तथा नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका विषयक, भूमि संवाद कार्यक्रममा उनले भूमिसम्बन्धी समस्या समाधानमा आफू प्रतिबद्ध भएर लागिरहेको बताइन् ।

लामो समयदेखि व्यवस्थापन हुन नसकिरहेको मुक्तकमैया, कम्लरी, हलिया, हरूवा र चरुवाहरूको समस्या समाधानका उपायसहित दिनेगरी अध्ययन समितिले प्रतिवेदन तयार परिरहेको र सोही प्रतिवेदनका आधारमा तीनै तहको समन्वयमा काम अघि बढाइने उनले जानकारी दिइन् । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या दिगो रुपमा समाधान होस् भनेर भूमि र किसानका क्षेत्रमा काम गरिहेका सदस्य रहने गरी राष्ट्रिय भूमि आयोगको गठन आदेश संशोधन गरी जिल्ला भूमि आयोगहरू गठन गर्ने काम भइरहको पनि उनले बताइन् ।

कानुन, ऐन नियमहरू बन्ने तर त्यसको कार्यान्वयन नहुनु मुख्य समस्या रहेको भन्दै उनले भूमिसम्बन्धी समस्या समाधानका लागि संविधान र कानुनको कार्यान्वयन नै आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गरिन् । मन्त्री श्रेष्ठले भूमि ऐन कार्यान्वयनमा समस्या देखिएकाले भूू–नियमावली निर्माणको काम सकेर मन्त्रिपरिषद्मा लगिएको र त्यो छिटो पास होस् भनेर आफू लागि रहेको जानकारी दिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया