Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेञ्चुरी बैंकको रकम अपचलनमा भट्टराई र श्रेष्ठको बदनियत

सेञ्चुरी बैंकको रकम अपचलनमा भट्टराई र श्रेष्ठको बदनियत

राष्ट्र बैंकले २०७७ फागुन ६ गते नै भनेको थियो– भट्टराई र श्रेष्ठबाट रकम असुल गर्नू


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र मौरिससमा दर्ता कायम रहेको एमएण्डएम रेमिटबीचको भुक्तानी विवादमा तत्कालीन पूर्वनायब प्रमुख कार्यकारी अधिकृत जीवन कुमार भट्टराई र मुख्य प्रबन्धक रमेश कुमार श्रेष्ठको हेलचेक्र्याइँ तथा बदनियत देखिएको छ ।

उक्त प्रकरणमा नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको विशेष निरीक्षण इकाइले २०७७ फागुन ६ गते काटेको पत्रअनुसार पनि भट्टराई र श्रेष्ठको बदनियत देखिएको हो । राष्ट्र बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्रीले सेञ्चुरीलाई लेखेको रकम असुलीसम्बन्धी पत्रमा भनिएको छ, ‘त्यस बैंकको तत्कालीन नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र हाल कार्यरत वरिष्ठ व्यवस्थापक रमेश कुमार श्रेष्ठको हेलचेक्र्याइँ तथा बदनियतको कारण अमेरिकी डलर पाँच लाख ८२ हजार दुई सय ६७ रुपैयाँ ९८ पैसाबराबरको रकम त्यस बैंकलाई हानि नोक्सानी हुनपुगेको तथा अग्रिम भुक्तानी (प्रिफन्डिङ) त्यस बैंकमा नगरी उक्त रकम बेनिफिसरिजलाई तिरेको, बुझाएको कारण निजहरुको काम कारबाहीबाट त्यस बैंकलाई प्रत्यक्ष हानि नोक्सानी पुग्नुको साथै विद्यमान कानुनी, नीतिगत व्यवस्था समेतको उल्लंघन गरेकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा (४) बमोजिम उक्त रकमबराबरले हुुने नेपाली रुपैयाँ र सोमा त्यस बैंकको आाधार दर (बेस रेट) को हिसाबले ब्याज समेत गणना गरी निजहरुबाट सोही उपदफाबमोजिम सम्पूर्ण बक्यौता रकम असुल गर्ने निर्णयअनुसार अनुरोध गरेको पत्रमा भनिएको छ ।

राष्ट्र बैंकबाट भट्टराई र श्रेष्ठबाट रकम असुलउपर गर्नको लागि जारी भएको पत्रपश्चात् सेञ्चुरी कमर्सियल बैंकको मानव संसाधन विभाग र प्रमुख कार्यकारी अधिकृतले २०७७ फागुन १७ गते भट्टराई र श्रेष्ठको नाउँमा पत्र काटेको थियो । उक्त समय सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा तुलसीराम गौतम रहेका थिए भने मानव संसाधन विभागको प्रमुखको रुपमा प्रचिता श्रेष्ठ रहेकी थिइन् ।

उनीहरुने नेपाल राष्ट्र बैंक र सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक समिति समेतलाई बोधार्थ उल्लेख गरी काटिएको पत्रमा भनिएको छ—
उपर्युक्त विषयमा नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग, विशेष निरीक्षण इकाइबाट यस बैंकलाई मिति २०७७ फागुन ६ गते लेखिएको न. बै. सु. वि.को पत्रबाट यस बैंकको रेमिट्यान्ससम्बन्धी एमएण्डएम रेमिटबाट उठाउन बाँकी अमेरिकी डलर ५,८२,२६७.९८ तपाईंहरुबाट ब्याजसहित असुलउपर गर्न यस बैंकलाई निर्देशन भएबमोजिम तथा सो सम्बन्धमा बैंकको सञ्चालक समितिसमक्ष जानकारी गराई तपाईंहरुलाई यो पत्र लेखिएको छ ।

नेपाल राष्ट्र बैंकको उक्त पत्रको व्यहोरा यस्तो छ :
त्यस बैंकको तत्कालीन नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र हाल कार्यरत वरिष्ठ व्यवस्थापक रमेश कुमार श्रेष्ठको हेलचेक्र्याइँ तथा बदनियतको कारण अमेरिकी डलर ५,८२,२६७.९८ बराबरको रकम त्यस बैंकलाई हानि नोक्सानी हुनपुगेको तथा अग्रिम भुक्तानी (प्रिफन्डिङ) त्यस बैंकमा नगरी उक्त रकम बेनिफिसरिजलाई तिरेको, बुझाएको कारण निजहरुको काम कारबाहीबाट त्यस बैंकलाई प्रत्यक्ष हानि नोक्सानी पुग्नुको साथै विद्यमान कानुनी, नीतिगत व्यवस्था समेतको उल्लंघन गरेकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा (४) बमोजिम उक्त रकमबराबरले हुुने नेपाली रुपैयाँ र सोमा त्यस बैंकको आाधार दर (बेस रेट)को हिसाबले ब्याज समेत गणना गरी निजहरुबाट सोही उपदफाबमोजिम सम्पूर्ण बक्यौता रकम असुल गर्ने निर्णयअनुसार अनुरोध छ ।’

अतः नेपाल राष्ट्र बैंकको उक्त पत्रबमोजिम गर्नुहुन यसै पत्रमार्फत जानकारी गराइने पत्रमा उल्लेख छ । नेपाल राष्ट्र बैंकको उक्त पत्रको फोटोकपी यसैसाथ संलग्न गरेको पनि त्यसमा उल्लेख छ । सो विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भन्ने सेञ्चुरी र एमएण्डएम रेमिटको विषयमा राष्ट्र बैंकले सम्पूर्ण अनुसन्धान पूरा गरी अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरिसकेको बताउँछन् । उक्त प्रकरणमा जो जो व्यक्तिको बदनियत र हेलचेक्र्याइँ देखिएको छ, ती व्यक्तिलाई कारबाही गर्न र बैंकलाई हानि नोक्सानी भएको रकमको ब्याज समेत असुल गर्न पत्राचार गरिसकेको सीआईबीले काम गरिरहेको प्रवक्ता भट्टको भनाइ छ ।

नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागको विशेष निरीक्षण इकाइले २०७७ फागुन ६ मा काटेको पत्रको व्यहोरा जस्ताको त्यस्तै
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड मिति २०७७ फागुन ६
पुतलीसडक, काठमाडौं ।
विषय : रकम असुलउपर गर्ने सम्बन्धमा
महाशय,
त्यस बैंकको तत्कालीन नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र हाल कार्यरत वरिष्ठ व्यवस्थापक रमेश कुमार श्रेष्ठको हेलचेत्र्mयाइँ तथा बदनियतको कारण अमेरिकी डलर ५,८२,२६७.९८ बराबरको रकम त्यस बैंकलाई हानि नोक्सानी हुनपुगेको तथा अग्रिम भुक्तानी (प्रिफन्डिङ) त्यस बैंकमा नगरी उक्त रकम बेनिफिसरिजलाई तिरेको, बुझाएको कारण निजहरुको काम कारबाहीबाट त्यस बैंकलाई प्रत्यक्ष हानि नोक्सानी पुग्नुको साथै विद्यमान कानुनी, नीतिगत व्यवस्था समेतको उल्लंघन गरेकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा (४) बमोजिम उक्त रकमबराबरले हुुने नेपाली रुपैयाँ र सोमा त्यस बैंकको आधार दर (बेस रेट) को हिसाबले ब्याज समेत गणना गरी निजहरुबाट सोही उपदफाबमोजिम सम्पूर्ण बक्यौता रकम असुल गर्ने निर्णयअनुसार अनुरोध छ ।’
भवदीय
मुकुन्द कुमार क्षेत्री
कार्यकारी निर्देशक

नेपाल राष्ट्र बैंकको २०७७ फागुन ६ गतेको पत्रपश्चात् सेञ्चुरी कमर्सियल बैंकको मानव संंसाधन विभागले बैंकका पूर्वनायब प्रमुख कार्यकारी अधिकृत जीवक भट्टराई र मुख्य प्रबन्धक रमेश कुमार श्रेष्ठको नाउँमा काटेको पत्रको व्यहोरा जस्ताको त्यस्तै :
मिति २०७७ फागुन १७
श्री जीवन कुमार भट्टराई श्री रमेश कुमार श्रेष्ठ
पूर्वनायब प्रमुख कार्यकारी अधिकृत मुख्य प्रबन्धक
सेञ्चुरी कमर्सियल बैंक, सेञ्चुरी कमर्सियल बैंक
रातो पुल, काठमाडौं म. न. पा वडा नं ३३
विषय : रकम असुलउपर गर्ने सम्बन्धमा
महाशय,
उपर्युक्त विषयमा नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग, विशेष निरीक्षण इकाइबाट यस बैंकलाई मिति २०७७ फागुन ६ गते लेखिएको न. बै. सु. बि को पत्रबाट यस बैंकको रेमिट्यान्ससम्बन्धी एमएण्डएम रेमिटबाट उठाउन बाँकी अमेरिकी डलर ५,८२,२६७.९८ तपाईंहरुबाट ब्याजसहित असुलउपर गर्न यस बैंकलाई निर्देशन भएबमोजिम तथा सो सम्बन्धमा बैंकको सञ्चालक समितिसमक्ष जानकारी गराई तपाईंहरुलाई यो पत्र लेखिएको छ ।

नेपाल राष्ट्र बैंकको उक्त पत्रको व्यहोरा यस्तो छ :
‘त्यस बैंकको तत्कालीन नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र हाल कार्यरत वरिष्ठ व्यवस्थापक रमेश कुमार श्रेष्ठको हेलचेक्र्याइँ तथा बदनियतको कारण अमेरिकी डलर ५,८२,२६७.९८ बराबरको रकम त्यस बैंकलाई हानि नोक्सानी हुनपुगेको तथा अग्रिम भुक्तानी (प्रिफन्डिङ) त्यस बैंकमा नगरी उक्त रकम बेनिफिसरिजलाई तिरेको, बुझाएको कारण निजहरुको काम कारबाहीबाट त्यस बैंकलाई प्रत्यक्ष हानि नोक्सानी पुग्नुको साथै विद्यमान कानुनी, नीतिगत व्यवस्था समेतको उल्लंघन गरेकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा (४) बमोजिम उक्त रकमबराबरले हुुने नेपाली रुपैयाँ र सोमा त्यस बैंकको आाधार दर (बेस रेट) को हिसाबले ब्याज समेत गणना गरी निजहरुबाट सोही उपदफाबमोजिम सम्पूर्ण बक्यौता रकम असुल गर्ने निर्णयअनुसार अनुरोध छ ।’

अतः नेपाल राष्ट्र बैंकको उक्त पत्रबमोजिम गर्नुहुन यसै पत्रमार्फत जानकारी गराउँछौँ । नेपाल राष्ट्र बैंकको उक्त पत्रको फोटोकपी यसैसाथ संलग्न गरेका छौँ ।
धन्यवाद
भवदीय
प्रचिता श्रेष्ठ
तुलसीराम गौतम
प्रबन्धक, मानव संसाधन विभाग
प्रमुख कार्यकारी अधिकृत
बोधार्थ
नेपाल राष्ट्र बैंक
सञ्चालक समिति, सेञ्चुरी कमर्सियल बैंक (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया